पेन्सिलभेनियामा जिउँदो हरिण कारमा राख्ने युवती प्रहरी फन्दामा

अमेरिका । पेन्सिलभेनिया स्थित योर्क काउन्टी पुलिसले गाडीमा जिउँदो हरिण राखेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
न्यूबेरी काउन्टी पुलिसले युट्युव मार्फत हरिण समातेको भिडियो नै सार्वजनिक गरेको छ । प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरेको आशंकामा मध्यरातमा कार रोकि खानतलासी गर्दा जिउँदो हरिण भेटेको जनाएको छ ।
ओल्ड ट्रेल र ओल्ड योर्क सडकको क्षेत्रमा बिहीबार मध्यरातमा गाडी रोके पछि न्यूबेरी टाउनशिप प्रहरीले जनावर देखेको जनाइएको छ । कारको पछाडिको भागमा लुकाएर राखिको हरिण जिउँदो नै फेला परे पछि प्रहरीले त्यसलाई मुक्त गराइएको भिडियोमा देखिन्छ ।
प्रहरीले गाडि चालक १९ बर्षिय युवतीलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । पेन्सिलभेनिया गेम कमिशनले घटनामा छानविन गरिरहेको जनाइएको छ ।
पेन्सिलभेनियामा जंगलि जनावार सिकार गर्न माछा मार्न पनि लाइसेन्स आवश्यक पर्दछ । यस्तै जिउदो जंगलि जनावारलाई यात्रुबहाक गाडिमा ओसार पसार पार्न पाइदैन । पूर्व अनुमित लिएर तोकिएको ठाँउमा सबै प्रजातिका मृगको शिकार गर्न तथा मासु खरिद बिक्रि गर्न भने पाइन्छ ।
अमेरिकी कानुनमा अनुमति प्राप्त भन्दा अन्यत्र खुल्लारुपमा पशुपन्छीको वध गर्न पाइदैन । सडकमा यात्राका क्रममा जान अन्जान गाडीले कुनै पनि जनवारलाई ठक्कर दिएर घाइते बनाए वा मृत्यु नै भएमा पनि प्रहरीलाई खवर गर्नु उत्तम मानिन्छ ।