माओवादी केन्द्रलाई स्थायी कमिटी नामावली टुङ्ग्याउन सकस
काठमाडौं / नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत बन्द सत्र स्थगित भएको छ । आइतबार चार बजे बस्ने गरी बन्द सत्र स्थगित भएको हो।केन्द्रीय समिति सदस्यहरूको नामावली टुङ्ग्याउन स्थायी समितिको बैठक जारी छ ।
उक्त बैठकले नाम टुङ्ग्याउने र बन्द सत्रमा प्रस्तावित गर्ने तयारी गरिएको थियो ।बन्द सत्र सुरु हुने भनेर महाधिवेशन प्रतिनिधिहरू हलमा प्रवेश गरिसकेका थिए। तर स्थायी समिति नै नसकिएपछि बन्द सत्र स्थगित गरिएको हो।
स्थायी समितिले केन्द्रीय समिति सदस्यको अतिरिक्त पदाधिकारीको नामसमेत टुङ्ग्याउने तयारी गरिरहेको बुझिएको छ ।नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ। निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि त्यो अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन ।










