नयाँ वर्षको उपलक्ष्यमा ल्यानक्याष्टरमा नेपाली युवाको डान्स पार्टी
अमेरिका । इस्वित संवतको नयाँ वर्ष २०२२ लाई पेन्सिलभेनियाको ल्यानक्यास्टरमा रहेका नेपाली युवाहरुले डान्स पार्टी मार्फत स्वागत गर्ने भएका छन् । ल्यानक्यास्टरमा अन्य संघ संस्थाले विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको भए पनि युवाहरुको संक्रियातामा डान्स पार्टी हुन् लागेको पहिलो पटक हो ।
न्यू इयर इभमा हुने कार्यक्रमको नाम ‘फष्ट इभर नेप्लीज डान्स पार्टी’ राखिएको छ । फ्रियो इन्टरमेनेजमेन्टको आयोजनामा हुने कार्यक्रममा ‘डि जे फ्रियो’ नामले परिचित पोखराका सुरज हमाल ठकुरीले प्रस्तुति दिने छन् ।
आयोजक मध्येका एक डिल्लि सुवेदीका अनुसार डान्स पार्टी डिसेम्वर ३१ शुक्रवार साँझ साढे ८ बजे देखि रातिको एक बजे सम्म हुने छ । सुवेदीका अनुसार वीरेन रसाईलीको लाइभ प्रस्तुति कार्यक्रमको अर्को आकर्षण रहने छ । रसाइलीको ‘तिम्रो याद’ नामक नयाँ गितको विमोचन पनि सोही कार्यक्रममा हुने छ ।
ल्यानक्यास्टरको कोलोम्विया एभिन्युमा रहेको नमस्ते रेष्टुरेन्टमा हुने पार्टीमा दुई सय भन्दा बढीको सहभागि हुने अपेक्षा गरिएको छ । सुवेदीका अनुसार पार्टीमा सहभागि हुन केही सर्तहरु भने पुरा गर्नु पर्ने हुन्छ ।
इभेन्टमेनेजमेन्टका अर्का आयोजक रोहन महर्जनका अनुसार कोभिट भ्याक्सिन डबल डोज कार्ड र फोटो आइडी साथमा अनिवार्य हुनु पर्नेछ । यस्तै १८ बर्ष माथिकाले मात्र पार्टीमा प्रवेस पाउने छन् । पार्टीको टिकट अनलाइनमा पनि खरिद गर्न सकिने छ । अनलाईनमा टिकट किन्दा १५ अमेरिकी डलर पर्ने छ । त्यसो त कार्यक्रम स्थलमा सोही समयमा पनि टिकट किन्न सकिने छ तर पाँच डलर बढी (२०) तिर्नु पर्ने छ । अनलाईन टिकट लिन यहाँ क्लिक गर्नु होला ।