नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी
अमेरिका । नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी भएका छन् । गत राति सार्वजनिक मत परिणाममा वाग्लेले ११ सय २० मत प्राप्त गरे । उनका प्रतिस्प्रर्धी कमल सापकोटा आठ सय ६२ मतमा रोकिए ।
टेक्सासमा आइतवार भएको मतदानमा वाग्ले र सापकोटा प्यानल नै बताएर प्रतिस्प्रर्धामा उत्रिएका थिए । १६ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वाग्ले समुहका १२ जना विजयी भए ।
बरिष्ठ उपाध्यक्षमा वाग्ले समुहका विवेक कडेल विजयी भए । कडेलले एक हजार ९० मत पाए । सो पदमा सापकोटा समुहका राजीव राज भाटले आठ सय २२ मत ल्याए । उपाध्यक्ष र महासचिवमा वाग्ले समुहकै जनक भण्डारी र सन्देश उप्रेति विजयी भए । भण्डारीले ११ सय चार मत ल्याउदा उनका प्रतिस्पर्धी ललित के गुप्ताले सात सय ९१ मत पाएका थिए ।
महासचिवमा विजयी सन्देशले नौ सय ९८ मत पाए भने सापकोटा समुहकी आईशा ओझाले नौ सय १८ मत ल्याइन । कोषाध्यक्षमा पनि वाग्ले समुहकै दिनेश न्यौपाने विजयी भए । न्यौपानेले एक हजार ७६ मल ल्याउदा सुदिप ढुङ्गाना आठ सय ४४ मतमा रोकिए ।
पदाधिकारीमा सापकोटा समुहका हरि प्रसाद खनाल र गोविन्द गौतम मात्र विजयी भएका छन् । सहायक महासचिवमा खनाल नौ सय ४४ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी मुकेश गुप्ताले नौ सय २१ मत ल्याए । यस्तै सह कोषाध्यक्षमा गौतम नौ सय ८९ मत सहित विजयी भए भने उनका प्रतस्प्रर्धी गोपाल गर्तौलाले नौ सय २२ मत पाए ।
महिला कोअडिनेटरमा गुन्जना भण्डारी र युथ एण्ड स्टुडेन्ट कोअडिनेटरमा जेनीन पुरी विजयी भए । यस्तै सदस्यहरुमा महेन्द्र पुन,विजयराज भूशाल,पुण्य पाण्डे,रविन पाठक,सरोज सिग्देल, बलराम पौडेल र शान्ता कुमारी गिरी विजयी भए ।
तीन हजरा नौ सय ९२ सदस्य रहेकोमा जम्मा दुई हजार ३४ मत खसेको थियो ।