विदेशबाटै नेपालमा खाता खोल्न सकिने
नेपाल राष्ट्र बैङ्कले विदेशमा बस्ने नेपालीहरूले सोही स्थानबाट नेपालमा बैङ्क खाता खोल्न सक्ने व्यवस्था गरेको छ । अमेरिका स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई यसको जानकारी गराइ सकेको छ । मुद्दती खाताको हकमा भने न्यूनतम एक वर्षको हुने छ ।
यसै गरी गैर आवासीय नेपालीको नाममा खाता खोल्दा सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको प्रमाण पेस गर्न अति आवश्यक रहेको छ ।
संस्थागत निक्षेपका लागि न्यूनतम ५ हजार अमेरिकी डलर आवश्यक रहेको छ ।
राष्ट्र बैङ्कले जारी गरेका सबै मापदण्ड यहाँ उल्लेख गरिएको बुँदामा उल्लेख छ ।