‘मलाई भोट दिनु पर्ने आठ कारण’: कमल सापकोटा, अध्यक्षको उमेदवार, नेपाली समाज टेक्सास
अमेरिका । नेपाली समाज टेक्सासका अध्यक्षका उमेदवार कमल सापकोटाले आठ बुँदे घोषणा पत्र जारी गरेका छन् । सापकोटाद्वारा जारी घोषणा पत्रमा ५० हजार डलरको आकस्मिक कोष तत्काल स्थापना देखि विधार्थीहरुका लागि टेक्सासमा रहेका विश्वविधालयहरुसँग समन्वय गरी छात्रबृत्ति र अन्य सुविधाका बारेमा पहल गर्ने जनाएका छन् ।
यस्तै उनले अमेरिकी राजनीतिमा जोड्न र अमेरिकी राजनीतिमा ईच्छा गर्ने र गरिरहेकाहरुलाई सहयोग गर्ने, नेपाली मन्दिर र नेपाली समाज टेक्सासबीच पुर्ण समन्वय गरी सामाजिक सद्भाबलाई अझै मजबुद बनाउने काम गर्ने प्रतिवद्दता पनि जारी गरेका छन् ।
टेक्सासमा रहेका नेपालीहरुको ठूलो संस्था नेपाल टेक्सास समाजको निर्वाचन पर्सि आइतवार हुदै छ । तीन हजार नौ सय ९२ जना मतदाता रहेको समाजको निर्वाचनका लागि सापकोटा र राजेन्द्र वाग्लेले प्यानल सहित मैदानमा छन् ।
सापकोटाको घोषणा पत्रको पूर्ण पाठ
नमस्कार सम्पुर्ण डालासबासी आमा बुबा, दाजुभाई, दिदी बहिनी तथा नेपाली समुदायका प्रियजनहरु
नेपाली समाज, टेक्सास(NST) अमेरिकामा स्थापित नेपाली समुदायको सबै भन्दा पुरानो र प्रतिष्ठित संस्था मध्ये एक हो । यो संस्थाको ईतिहास र यसले नेपाली समुदायमा गरेको योगदानलाई हामीले बिर्सन हुँदैन । प्रवासमा हामी आफ्नो संस्कार र सस्कृतिद्वारा नेपाली समुदायलाई जोडेर आपसी भातृत्व कायम नगरे दोश्रो पुस्ताले हाम्रो संस्कार र सस्कृति बिर्सन्छन। यसका लागि नेपाली समाज टेक्सास एक सेतुको रुपमा रहेको छ ।
त्यसैले, यतिखेर फेरी पनि तपाईहरुमाझ सामाजिक अभियानको लागि प्रतिबद्धतासहित उपस्थिति भएको छु । हिजो पनि तपाईहरुमाझ सक्दो सामाजिक अभियानमा सहभागी भएको थिए र भोलीका दिनमा पनि हुनेनै छु । फरक यति हो यतिखेर म तपाईहरुको अगाडी नेपाली समाज टेक्सासलाई नेतृत्व दिएर सामाजिक अभियानलाई थप बलियो बनाउने अभियानको नेतृत्व गर्न तपाईहरुको सामु आएको छु ।
म को हुँ र मैले हिजो सामाजिक अभियानमा कति गरें तपाईहरु पुर्ण रुपमा जानकार हुनुहुन्छ। टेक्सासमा नेपाली समुदाय बढ्दै गर्दा हामीले आफ्नो समुदाय र सामाजिक सद्भाव कायम राख्न थप चुनौतिपुर्ण बन्दै गएको छ । त्यसैले नेपाली समाज टेक्सासको अध्यक्ष पदका लागि उमेदवारी दिएको छु ।
संधैझै मलाई तपाईहरुले आफ्नै दाजुभाई तथा साथी संझेर सामाजिक थप उर्जा प्रदान गर्नुनै हुनेछ भन्ने पुर्ण विस्वास लिएको छ। म नेपाली समाज, टेक्सासको अध्यक्षको उमेदवार हुँदै गर्दा केहि प्रतिवद्धतासहित म तपाईहरुको सहयोगको अपेक्षा राखेको छु ।
१. मेरो नेतृत्वमा चुनिएको NST को पहिलो कार्य समितिको बैठकबाट कम्तिमा ५० हजार डलरको आकस्मिक कोष( Emergency Fund) स्थापना गर्नेछु। कोष संचालनको बिधी, निती र दायरा तय गरि संचालनामा ल्याउन एउटा छुट्टै स्वतन्त्र र निश्पक्ष समिति गठन गरिने छ।
२. विधार्थीहरुको लागि टेक्सासमा रहेका विश्वविधालयहरुसंग समन्वय गरी छात्रबृत्ति तथा अन्य सुविधाहरुका लागि पहल गर्नेछु । त्यसका लागि सम्बन्धित बिज्ञहरूको समिति तयार गरि काम अघि बढाईने छ।
३. बढ्दो नेपाली समुदायलाई अमेरिकी राजनीतिमा जोड्न र अमेरिकी राजनीतिमा ईच्छा गर्ने र गरिरहनु भएकाहरूका लागि सहयोग गर्ने र उनिहरूका लागि लविगं गर्ने।
४. नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न प्रमुख भुमिका खेलेको NCSC(नेपाली मन्दिर) र नेपाली समाज टेक्सासबीच पुर्ण समन्वय गरी सामाजिक सद्भाबलाई अझै मजबुद बनाउने काम गर्ने छु। साथै, Euless मा निर्माणाधिन सामुदायीक भबन एबं श्री पशुपतिनाथ तथा बौद्ध बिहारका लागि NST का तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने छु।
५. नेपाली डाक्टर एबं स्वास्थ्यकर्मीहरूको संस्था Texas Nepalese Medical Association(TNMA) संग समन्वय र सहयोग गरि निशुल्क स्वास्थ्य शिबिरलाई अझै बढी प्रभाबकारी बनाईने छ।समय समयमा बिभिन्न रोगका बिज्ञहरूबाट स्वास्थ शिक्षाका लागि कार्यक्रमहरू गरिने छ।
६. हाम्रो समाजमा बढ्दो घरेलु हिंसा, मानसीक समस्याबाट पिडित भएकाहरूलाई सहयोग गर्न ठोस योजना सहित सम्बन्धित बिषयका ज्ञाताहरू सम्मिलित समिति गठन गरि काम अघि बढाइने छ ।
७. DFW Metroplex मा कार्यरत नेपाली सामाजीक संस्थाहरूसंग समन्वय गरि सामाजिक कार्यक्रमहरू गरिने छ। साथै सबै संस्थाका सामाजिक कार्यहरूलाई बढावा दिदै सहयोग गरिने छ।
८. हामी सबैलाई थाहा छ अमेरिकामा कानुनी सेबा अत्यन्तै महंगो छ। त्यसैले समय समयमा नियमित रूपमा कानुनी परामर्षका कार्यक्रमहरू गरिने छ।
कमल सापकोटा
अध्यक्ष, उमेदवार
नेपाल समाज टेक्सास
Nepalese Society, Texas(NS
15 Comments