एनआरएनए विभाजन हुन बाट जोगाउ : डा. केशव पौडेल
‘आइसीसी डेलिगेट्सको समस्या समाधान नगरी एकपक्षीय रूपमा निर्वाचन तालिका प्रकाशन गर्नु दुर्भाग्यपूर्ण’
यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ ।
प्रतिनीधि छनौटको विवादको विषयलाई लिएर उजुरी परे पछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनए आइसीसीलाई निर्वाचन सम्वन्धी कुनै पनि काम गर्न रोक लगाएको थियो । साथै परराष्ट्रले एनआरएनए संरक्षक परिषद्लाई आइसीसीको अवरुद्द निर्वाचन गर्न भनेको थियो । परराष्ट्रको सो निर्देशन विरुद्द एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए । अदालतले परराष्ट्रको पत्र कार्यन्वयन नगर्नु भन्ने आदेश दिए पछि आइसीसीले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो ।
संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
डाक्टर केशव पौडेलको विज्ञप्तिको पूर्णपाठ