राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

बन्दुक अाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अाराेप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् ।
मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ ।
अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे ।
फोटो : ट्विटरबाट