नाटकिय रुपमा सम्पन्न जनसम्पर्क समिति अमेरिकाको अधिवेशनले १४ जना प्रतिनिधि छान्यो
अमेरिका । निकै नाटकिय र योजनावद्द रुपमा सम्पन्न भएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनले नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनका लागि १४ जना प्रतिनिध छनौट गरेको छ ।
भर्चुअल मार्फत सम्पन्न अधिवेशनमा सहभागि क्रियाशिल सदस्यहरुको माइक म्युट गराएर १४ जनाको नाम पढि सर्वसम्मत भएको घोषणा निर्वाचन अधिकृत डाक्टर विश्व शाहले गरेका थिए । त्यस पछि अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिले नारायण सुवेदीले सो घोषणा अनुमोदन गरे ।
माइक म्युट गरिएको भए पनि अधिकांश सहभागिले च्याट मार्फत घोषणाको विरोध गरेका थिए । प्रमुख निर्वाचन आयुक्त शाहद्वारा घोषित महाधिवेशन प्रतिनिधिहरुमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक बिष्णु सुवेदी, बरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसी, महासचिव मुनिन्द्र नेम्वाङ्ग, नेपाल विद्यार्थी संघका पूर्व महामन्नी यादव पण्डित रहेका छन् ।
यस्तै विद्यासागर योज्जन, सुवास लामा, अमृत भट्टराई, रामशरण हुमागाई, गौतम दाहाल, लक्षमी केसी, विश्व वास्तोला,भरत अर्याल र कृष्ण लामिछान पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि परेका छन् ।
प्रमुख निर्वाचन आयुक्त शाहले जनसम्पर्क समिति अमेरिका र च्याप्टरहरुको चुनाव अब कांग्रेसको १४ महाधिवेशन पछि मात्र गरिने जानकारी दिए ।
यस अघि २४ घण्टा भन्दा कम समयको सुचना निकालेर आइतवार विहान शुरु भएको अधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।
उद्धाटन शत्र र बन्द सत्र गरि दुई चरणमा अधिवेशन गरिएको थियो । बन्द शत्रमा सहभागि एक सदस्यका अनुसार जनसम्पर्क समितिका सभापति आनन्द विष्टले छोटो सुचनाको भरमा प्रक्रिया नपुर्याइ अधिवेशन गर्नु आफ्नो बाध्यता गरेको धारणा राखेका थिए । यस्तै निर्वाचन आयुक्त शाहले पनि आफुहरु समय अभावका कारण चुनावि प्रक्रियामा जान नसक्ने भन्दै आफ्नो लाचारी प्रकट गरेका थिए । शाहले कुनै पनि हातलमा चुनाव सम्भव नहुने र काठमाडौं जाने प्रतिनिधि जसरी पनि छनौट गर्नु पर्ने बाध्यतामा आफुहरु रहेको बताएका थिए ।
बन्दशत्रको शुरुवाति मन्तव्य पछि निर्वाचन समितिका पदाधिकारी तथा जनसम्पर्कका केही पदाधिकारी जुम बैठकबाट बाहिरिएका थिए । एक घण्टा पछि पुन वन्दशत्रमा आएका निर्वाचन आयुक्त शाहले सहभागि सबैको माइक म्युट गर्न लगाएर १४ जनाको नाम पढे र त्यो सर्व संवत भएको घोषणा गरे ।
अमेरिकामा २४ सय ६१ क्रियाशिल सदस्य स्वीकृत भएका छन् । तर महाधिवेशनमा दुई पनि सहभागि भएनन ।
यसै बीच अधिवेशन र महाधिवेशन प्रतिनिध छनौट प्रक्रिया पारदर्शी र नियम संगत नभएको भन्दै जनसम्पर्क समिति अमेरिका उपाध्यक्ष केशव बरालले आफु जनसम्पर्क समितिको कुनै पदमा नरहेको घोषणा गरेका छन् ।