अमेरिकामा गाडिको ठक्करबाट एक नेपालीको निधन
अमेरिका । सडक दुर्धटनामा परि अमेरिकामा आइतवार एक नेपालीको निधन भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्ने आङकामी शेर्पाको न्युजर्सीमा निधन भएको अमेरिकाका लागि अवैतनिक महाबाणिज्यय दुत एसी शेर्पाले जनाएका छन् ।
नेपालमा सोलुखुम्बु स्थायी घर भएका आङकामीलाई सडकमा पैदल हिडिरहेको समयमा गाडिले ठक्कर दिएको हो । उनी नेपाली कांग्रेसको तर्फसबाट सोलुखोम्बुको तत्कालिन टाप्टिङको गाविसका पुर्व अध्यक्ष हुन् ।
आङकामीका श्रीमति र एक छोरी रहेको परिवारले जनाएको छ । आङकामी पछिल्लो १२ बर्ष देखि परिवार सहित अमेरिका बस्दै आएका थिए ।