एनआरएनएलाई चुनाव गराउन बाटो खुल्यो, अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रीय समन्वय कमिटी (आइसीसी) लाई पूर्व घोषित निर्वाचन तालिका जारी राख्न बाटो खुलेको छ ।
उच्च अदालत पाटलले यस अघिको आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिए पछि एनआरएनए आइसीसीलाई आफैले चुनाव गर्ने बाटो खुलेको हो । उच्च अदालत पाटनका न्यायधीश श्रीमण कुमार गौतम र नरिश्र्वर भण्डारीको आइतवार बसेको संयुक्त इजालसले यस अघिको अन्तरिम आदेशलाई कायमै राख्ने निर्णय गरेको हो ।
प्रतिनीधि छनौटको विवादको विषयलाई लिएर उजुरी परे पछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनए आइसीसीलाई निर्वाचन सम्वन्धी कुनै पनि काम गर्न रोक लगाएको थियो । साथै परराष्ट्रले एनआरएनए संरक्षक परिषद्लाई आइसीसीको अवरुद्द निर्वाचन गर्न भनेको थियो । परराष्ट्रको सो निर्देशन विरुद्द एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए ।
यस अघि मंसिर १२ गते पाटन उच्च अदालतले निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मन्त्रालयको पत्र कार्यान्वयन नर्गन आदेश जारी गर्दै दुवै पक्षलाई मंसिर १९ गते छलफलका लागि बोलाइएको थियो । आज सोही आदेशलाई निरन्तरता दिएको हो ।
फैसलाको पूर्ण पाठ आउन बाँकी छ । एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तले फैसला पछि एनआरएनएमा सरकारी हस्तक्षेप रहित बनाउनका लागि आजको दिनलाई एतिहासिक भनेका छन् । उनले स्टाटसमा लेखका छन्,’हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक !!! सबैमा हार्दिक वधाइ तथा न्यायलयप्रति हार्दिक आभार!!!’
यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ ।
संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।