युवालाई एउटै एजेण्डामा एकाकार हुन तरुण दलका अध्यक्षको आह्वान

Getting your Trinity Audio player ready...
|
काठमाडौं
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेका छन्। अन्तरार्ष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्।
‘संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली काँग्रेसको काँधमा आईपरेको जिम्मेवारीलाई सहर्ष पुरा गर्न नेपाल तरुण दल केन्द्रीय समिति सम्पूर्ण लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान गर्दछ,’ शुभकामना सन्देशमा बस्नेतले भनेका छन्।
उनले युवा आर्थिक विकास र समृद्धिको आधारशिला भएको उल्लेख गर्दै अनाथ र गरिबहरुको साहरासमेत भएको बताएका छन्। ‘राष्ट्र राष्ट्रियताको प्राण हो युवाहरु। आर्थिक विकास र समृद्धिको आधारशिलाहरु हुन युवाहरु। लोकतन्त्र र परिवर्तनको संवाहकहरु हुन युवाहरु। न्याय समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति हो युवाहरु। अनाथ असाहय र गरिबहरुको साहारा हो युवाहरु,’ शुभकामना सन्देशमा भनिएको छ।
त्यसैगरी युवाहरु वर्तमानको साक्षी र भविष्यको मेरुदण्डहरु भएको उनको भनाई छ। युवाहरुको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिई दिगो हुन नसकेको बस्नेतको दाबी छ। ‘ईच्छाशक्तिले भरिपुर्ण अथाह जोश र जाँगरले सिँचित प्रवृति साहसिक व्यक्तिहरु हो युवाहरु। विचार, सिद्धान्त र दृष्टिकोणले परिपक्क मानिस हो युवा। असिन आँट र हिम्मतको खानीहरु हो युवाहरु। विकसित प्रविधिको खोज अनुसन्धान र परिक्षण गर्न योग्य बौद्धिक जमातहरु हो युवाहरु,’ शुभकामना सन्देशमा अध्यक्ष बस्नेतले थप भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, खेलकुद कलाकारिता, उद्योग अनि उद्धम मार्फत नेपाली समाजलाई नयाँ उचाईमा पुर्याउने ताकत राख्नेहरु हुन युवाहरु। आफुलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपाल राष्ट्रको पहिचानलाई अण्क्षुण राख्दै नेपाल र नेपालीलाई बीरताको गाथाको रुपमा चिनाउने माध्यमहरु हो युवाहरु। ज्ञान, शिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरी हाम्रो सामु खडा समस्याहरुसँग जुध्न सक्ने सामर्थ्य राख्नेहरु हुन युवाहरु। विश्व युवा दिवसको पुनित अवसरमा नेपाल तरुण दल केन्द्रिय समिति नेपाल लगायत संसारभर बसेका युवाहरुमा अन्तराष्ट्रिय युवा दिवस २०२१ को हार्दिक शुभकामना व्यक्त गर्दछ।’