अमेरिकाको न्यू जर्सीमा ‘नेपाल डे’ को तीव्र प्रतीक्षा (भिडियो संवाद)
यू जर्सी, अमेरिका / स्थानीय सरकारबाट नै मान्यता पाएको ‘जुन ६ नेपाल डे’ यस पटक तीव्र प्रतीक्षा गरिएको छ ।
विश्वकै चर्चित शरह न्यू योर्कको मानह्याटन नजिकै रहेको न्यू जर्सी राज्यको फेयर लन सिटीले जुन ६ तारिखलाई नेपाल डे घोषणा गरिसकेका आयोजक झन् उत्साहित छन्।
‘नेपाली कला, साहित्य, भाषा र संस्कृति साथै नेपाली पहिचानलाई विदेशी भूमिमा जीवन्त राख्ने उद्देश्यका हामीले गत वर्ष देखि नेपाल डे शुरु गरेका हौ।’ नेपाल डे फेयर लन न्यू जर्सीका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाज टाइम्स सँग भने,’यस वर्ष अझ व्यापक हुने छ ।’
नेपाल डे का कन्भेनर संजीव श्रेष्ठले न्यू जर्सीमा क्रियाशील र आफूहरू सँग सम्पर्कमा रहेका सबै नेपाली संघ संस्थाहरूले कार्यक्रमको अपनत्व लिने बताए ।
‘नेपालीहरूको उलेख्य बसोबास रहेता पनि यस्तो खाले कार्यक्रम हुन नसकी रहेको परिवेशमा न्यू जर्सी राज्यमा रहेका सम्पूर्ण संघ संस्थाहरू सँगको सहकार्यमा दोस्रो पटक कार्यक्रम गर्न लागेका हौ ।’ उनले भने ।
कार्यक्रममा विभिन्न नेपाली जात, धर्म, सम्प्रदाय आदिका परम्परागत नृत्य, भेस भूषा, बाजा कला प्रदर्शन गर्नु का साथै मौलिक नेपाली खानको समेत व्यवस्था गरिने छ ।
कार्यक्रमको आकर्षणमा नेपाली राष्ट्रिय कलाकारहरू द्वारा विभिन्न साङ्गीतिक प्रस्तुति सँगै नेपाली समाजमा उत्कृष्ट योगदान पुर्याउनु भएका विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाल डे न्यू जर्सी मुख्य आयोजक रहेको कार्यक्रममा न्यू जर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ न्यू जर्सी च्याप्टर, ग्रेटर जर्सी नेपाली समाज, फ्रेन्ड्स अफ नेपाल न्यू जर्सी , अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ न्यू जर्सी च्याप्टर, वुमन फर कज, ए आर सी फर नेपाल लगायतका संघ संस्था हरुको सहकार्य रहेको छ ।

















