ह्यारिसबर्गमा यस कारण गरियो विश्व क्षेत्रीको सम्मान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / व्यवसायी तथा समुदायका नेता विश्व क्षेत्री गत शनिवार ह्यारिसबर्गमा सम्मानित भए।
नेपाली भाषी भुटानी समुदायको स्वतन्त्रता, समानता, न्याय र मानव अधिकारका लागि निरन्तर आन्दोलन लागेको भन्दै क्षेत्रीको सम्मान गरिएको हो।
ह्यारिसबर्गमा नोभेम्बर ८ तारिख साहित्य परिषद् भुटानको ११ औ सम्मेलनमा क्षेत्रीलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्लेले कदर पत्र प्रदान गरेका थिए।
क्षेत्रीले आफुले पाएको सम्मान यो मार्गमा हिडेका सबै साथीहरु प्रति समर्पण गर्ने घोषणा गरेका थिए।
‘यो जुन कदर पत्र प्रदान गर्नुभयो, मलाई लाग्छ यो मलाई मात्र हैन समस्त म जस्तै यो मार्गमा हिडेको साथीहरुलाई उहाँ प्रति समर्पण गर्न चाहन्छु।‘ क्षेत्रीले भने, ‘र यसले मलाई आझै प्रेरणा दिने छ।‘
क्षेत्रीले आफुलाई बाचुन्जेल समाजमा काम गर्ने प्रेरणा मिल्ने पनि बताए।
‘आज हजुरहरुको समक्ष हिड्न पाउदा पाउदा म सँगै प्रथम दिन देखि नै यो यात्रामा लाग्नुभएको आर के सुब्बा जी यहाँ हुनुहुन्छ अरु साथीहरु पनि धेरै हुनुहुन्छ र यहाँ मेरा भाईहरु हुनुहुन्छ रत्न भाई हुनुहुन्छ हाम्रो अमल भाई हुनुहुन्छ यस्तै हामीले गरेको कामबाट सबैलाई प्रेरणा मिलोस् धन्यवाद।‘
क्षेत्रीलाई प्रदान गरिएको कदर पत्रको पूर्ण पाठ
साहित्य परिषद् भुटान
‘भाषा हो सभ्यता, हाम्रो सारा उदय उन्नति, जित वैभव, भाषा मै मस्त छन् पछि सम्मै’
कदर पत्र
श्री विश्वनाथ क्षेत्री ज्यू प्रति
नागरिक स्वतन्त्रता, न्याय, मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा तपाईँले खेलेको भूमिका र अविचल योगदानका लागि हामी हार्दिक सम्मान र गहिरो प्रशंसा प्रकट गर्न चाहन्छु।
भुटानको साम्चे स्थित चिंगमारीमा जन्मनु भएको तपाईँको जीवन यात्रा साहस दृढता र सेवा भावले भरिएको छ।
भुटानको सेरपचे कलेजमा रहँदा तपाईँले देशमा विद्यमान निरंकुशता विभेदकारी सरकारी नीति र उत्पीड़न विरुद्ध दृढ रुपमा आवाज उठाउनु भयो।
सन् १९८८ मा स्टुडेन्ट युनियन अफ भुटान र सन् १९९९ मा पिपल्स फोरम फर ह्युमन राइट्स भुटानका संस्थापक सदस्यका रुपमा तपाईँले स्वतन्त्रता समानता र न्यायका पक्षमा वकालत गर्नुभयो।
मानव अधिकारका लागि विद्यार्थी आन्दोलनको नेतृत्व गरेबापत तपाईँलाई भुटान सरकारले अन्याय पूर्ण रुपमा गिरफ्तार गरी दुई वर्ष भन्दा बढी सैन्य कारागारमा एकान्तवासमा राखेको थियो।
तपाईँले भोग्नु परेको यो यातना अन्याय विरुद्धको न्यायिक लडाई र त्यागको निसा हो । एमनेस्टी इन्टरनेसनलले तपाईँलाई आस्थाको बन्दीका रुपमा मान्यता दिएको तथ्यले तपाईँको प्रजातान्त्रिक राजनीतिक आस्था नागरिक हक हित र समानता प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ।
सन् १९९२ मा मातृभूमिबाट निर्वासित हुनु परेपछि पनि तपाईँले नेपाल र भारतका भारतमा शरण लिएका हजारौँ भुटानी शरणार्थी अधिकार पुनर्वास र पहिचानका लागि निरन्तर संघर्ष गर्नु भयो। सन् १९९९ मा संयुक्त राज्य अमेरिका पुग्नु भएपछि र पछि अमेरिकी नागरिक बन्नु भएपछि पनि तपाईँ आफ्नो समय समुदाय र मानवीय सेवामा निरन्तर लाग्नु भयो।
एसोसिएसन अफ भुटानिस इन अमेरिकाका संस्थापक अध्यक्षका रुपमा र भुटानिस कम्युनिटी अफ ह्यारिसबर्ग तथा द भुटान रिसर्च एण्ड इन्फर्मेसन नेटवर्क जस्ता संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै तपाईँले समुदाय बीच एकता सांस्कृतिक पहिचानको संरक्षण र नयाँ पुस्ताको सशक्तीकरणमा उल्लेखनीय योगदान गर्नुभएको छ।
त्यस्तै पेन्सिल्भेनिया राज्यपालको एसियन प्यासिफिक अमेरिकन एएपीआइ सल्लाहकार आयोगका कमिसनरका रुपमा कार्य गर्दै तपाईँले न्याय समानता र नागरिक सहभागिताका पक्षमा निरन्तर आवाज उठाउनु भयो।
भुटानमा नागरिक स्वतन्त्रता न्याय र प्रजातान्त्रिक मूल्यको स्थापनाका लागि तपाईँले देखाउनु भएको असाधारण त्याग साहस र समर्पणको कदर गर्दै साहित्य परिषद् भुटान यस कदर पत्रबाट सम्मान गर्दछ।
खेम रिजाल
सचिव सायद साहित्य परिषद् भुटान
सर्वज्ञ वाग्ले
प्रमुख अतिथि अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
गङ्गाराम लामिछाने
अध्यक्ष साहित्य परिषद् भुटान
नोभेम्बर ८ २०२५ धन्यवाद
र यो पनि…
पूर्व शिक्षक, खेलाडी एवं सङ्गीतकर्मी अमल थुलुङ ह्यारिसबर्गमा सम्मानित
युफोरिया ब्याण्डका संस्थापक रत्न गुरुङ ह्यारिसबर्गमा सम्मानित















