पेन्सिल्भेनियाको ह्यारिसबर्गमा त्रिवेणी साहित्य मञ्चले मनायो लक्ष्मी जयन्ती
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्म जयन्ती अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार विविध कार्यक्रमका बीच मनाइएको छ।
महाकविलाई सम्झन त्रिवेणी साहित्य मञ्चले हिमालयन तेक्वान्दो ह्यारिसबर्गको हलमा कार्यक्रम आयोजना गरेको थियो।
मञ्चका अध्यक्ष केशव वैरागी माइलोको अध्यक्षता भएको कार्यक्रममा कविता वाचन, बालबालिकाहरूको नृत्य प्रस्तुति र संगित वाचन गरिएको थियो।
कार्यक्रमको शुरुमा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरिएको थियो।
मञ्चका सचिव नारद सुदामाले सञ्चालन गरेको कार्यक्रममा ल्यानक्यास्टर निवासी ओम घिमिरेले सहभागीलाई स्वागत मन्तव्य दिएका थिए। यस्तै मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए।

ल्यानक्यास्टरबाटै गएका दिपसिका घिमिरे, दिव्या घिमिरे र आयुशा चापागाईँ र आयुषा नेपाली मौलिक पहिरनमा लोकनृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ साहित्यकार गण्डकी पुत्रले देवकोटाको जीवनीका बारेमा प्रस्टाएका थिए। यस्तै हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्माले साहित्यिक कार्यक्रममाले बाल कालिकामा नेपालीपन जगाउन सहयोगी हुने धारणा राखे।
यस्तै अधिकारी कान्छो परमान्दले “सप्रन्न म त” शीर्षकमा कविता सुनाएका थिए। को कविताले नसा सेवनको विषयमा व्यङ्ग प्रस्तुत गरेका थिए । कार्यक्रममा इन्दिरा प्याकुरेल र मिना आचार्य पनि कविता वाचन गरेका थिए । अनुसा चापागाईँ र आयुष घिमिरेले पाप लाग्छ कविता वाचन गरेका थिए।
निश्चल कँडरियाले बाँसुरीको धुन सुनाएका थिए। तेक्वान्दो खेलाडी नव्य शर्माले आफैँ पियानोको धुनमा ‘फुलको आँखामा’ गीत गाएकी थिइन्। कार्यक्रमको अन्तिममा सामूहिक देउसी भैलो खेलिएको थियो।

















