कोरोनाको कारण नेपालमा एकै दिन १६ जनाको मृत्यु
काठमाडौँ/नेपालमा पछिल्लो २४ घण्टामा दश हजार भन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् । जसमा १६ जनाको मृत्यु भएको छ ।
शनिवार १० हजार दुइ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
जसमामा आठ हजार दुई सय १२ र पाँच हजार सात सय २५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट सात सय आठ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलव ७ रहेको छ ।








