शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिको वेबसाइट सार्वजनिक, नयाँ सदस्य बन्न आग्रह

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ शेष घले नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले नयाँ वेबसाइट सार्वजनिक गरेको छ।
समितिले बिहीबार नयाँ वेबसाइट सार्वजनिक गरेको हो।
‘सम्मानित सर्वोच्च अदालतको गत २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कामहरु सम्पादन गर्नको लागि तयार गरिएको वेबसाइट आज सार्वजनिक गरेको यहाँहरूको जानकारीको लागि अनुरोध गर्दछौँ ।’ एनआरएनए उच्च समितिको सचिवालय प्रोजेक्ट डाइरेक्टर वन्दना शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सो साइडमा गएर नयाँ सदस्य बन्न पनि विज्ञप्तिमा भनिएको छ। फेब्रुअरी २८ तारिख सम्म सदस्य बन्न भनिएको छ। तर उच्चस्तरीय समितिले आवश्यक ठानेमा आवेदन दिने मिति बढाउन सकिने भनिएको छ।
उच्चस्तरीय समितिले मे ३-५ मे काठमाडौँमा अधिवेशन गर्ने तयारी गरेको छ। तर डा. बद्री केसी समूहले भने नियमित समय नै अधिवेशन गर्ने भन्दै आएको छ।
अधिकांश एनसीसीहरुले पनि मे मा अधिवेशन गर्न असम्भव रहेको बताउँदै आएका छन्।
रोचक कुरा प्रधानमन्त्री केपी ओली शर्माको पूर्ण साथ पाए पछि केसी समूह झनै उत्साहित हुँदै आएको छ। त्यसो त सर्वोच्च अदालतले पनि एउटै संस्थाका बारेमा दुई फैसला गरे पछि दुवै समूहले आफूहरूले वैधानिक भन्दै आएका छन्।