ह्यारिसबर्गमा मनाइयो तमु ल्होसार, गत वर्षको तुलनामा सहभागिता उत्साहजनक

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग आसपास रहेका गुरुङ (तमु) समुदायले आइतबार सामूहिक रूपमा तमु ल्होसार (सर्प वर्ष) मनाएका छन्।
भुट्नीज बुद्धिस्ट अर्गनाइजेशन (बीबीओ) अन्तर्गत भुट्नीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग पेन्सिल्भेनियाको आयोजनामा ह्यारिसबर्षमा बृहत् तमु ल्होसार मनाइएको हो।
लिङ्ग्लेस्टाउन रोडमा रहेको हलमा मध्यान्न देखि शुरु भएको तमु ल्होसार कार्यक्रम साँझ अबेर सम्म सञ्चालन भएको थियो।
भुट्नीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग पेन्सिल्भेनियाका अध्यक्ष हेम राज गुरुङ
यस पटकको ल्होसार कार्यक्रममा अघिल्लो वर्षको तुलनामा यस पटक धेरै जना सहभागिता भएका हुन्।
कार्यक्रममा तीन पुस्ता आफ्नो परम्परागत भेषाभुषामा उपस्थित भएका थिए। ‘संस्कृति जोगाउन सामूहिक रूपमा तमु ल्होसार कार्यक्रम आयोजना गरेका हौ।’ अध्यक्ष हेमराजले भने।
कार्यक्रममा दिनभर गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। यस्तै परम्परागत खाना खादै आपसमा भेटघाट गरी रमाइलो गरिएको थियो।
‘गुरुङ संस्कृति र परम्परामा उत्कृष्ट मूल्यहरू थप्ने सांस्कृतिक नृत्य, गीत र संस्कृतिको प्रदर्शनी भयो। ‘आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम ल्होसार बनाएका अध्यक्ष हेम राजले भने।
उनले नयाँ कार्य समितिलाई बधाई दिँदै आफूहरूले थालनी गरेको कामलाई अझ राम्रो गर्न अनुरोध गरे।
कार्यक्रममा बीबीओका सल्लाहकार ओम पी गुरुङले ल्होसारको महत्वबारे प्रकाश पारेका थिए।
यसै गरी भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले पनि शुभ कामना मन्तव्य दिएका थिए।
उनले अबका केही महिना विषेश गरी आप्रवासीका लागि असहज हुन सक्ने भन्दै आफ्नो परिचयपत्र पत्र साथैमा लिएर हिँड्न सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि बीबीओका नवनिर्वाचित अध्यक्ष वीर बी योन्जोन ल्होसारको शुभ कामना दिएका थिए।
कार्यक्रममा भ्वाइस अफ नेपाल किड्स सिजन ३ का विजेता अनुह्या तामाङले पनि प्रस्तुति दिएकी थिइन्।
कार्यक्रमका थप तस्बिहरु ….
र यो पनि …