सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवनलाई बैना, थप सहयोग आह्वान

सान् फ्रान्सिस्कको,क्यालिफोर्निया / अमेरिकाकै प्रख्यात शहर सान्फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिककेन्द्रको भवन खरिद हुने भएको छ ।अमेरिकाकै पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया(नान्स) ले राखेको खरिद अफर स्वीकृतभएपछी भवन किन्ने बाटो खुलेको हो ।
हजारौं नेपालीको बसोबास रहेको योक्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिकोसपना बल्ल पुरा हुने भएको छ । हालै नेपालीको बढी बसोबास रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रि गर्न सहमत भएको छ ।जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।
करिव १० हजार ८ सय वर्ग फिटको भवन छ। सुविधा सम्पन्न मुख्य सभाकक्ष ५ सय २८ जना क्षमताको छ । २ सय सिटकोक्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।
सो भवन २१ लाख ७० हजार अमेरिकीडलर मुल्य तय गरेर बिक्रीमा राखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरि १८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा बिक्रेता सहमतभएको महासचिव यज्ञ नेपालले बताए ।
महासचिवका अनुसार अब २ महिनाभित्र करिव २० प्रतिशतसुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरण हुनेछ ।यसका लागि करिव ४ लाख डलर नगद आवश्यक पर्छ।
नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेको साझा सपना पुरागर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागि सबै समुदायलाई आव्हान गरेका छन्। ‘डाउन पेमेन्टको रकम संकलन, ऋण लिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर काम गर्नुछ’कार्कीले भने, ‘सिंगो समुदाय एकजुट हुँदा योसबै चुनौती सहजै पार लाग्छ भन्ने विश्वासछ ।’
यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपाली समुदायको टोल–टोलमा पुगेर रकम संकलन गरिने योजना रहेको कार्कीले बताए ।
चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्न सामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई छ । सन् २००६ मानिर्माण भएको नयाँ र चिटिक्क परेको छ । कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथाअन्य गतिबिधि गर्न सकिने अवस्थाको रहेको जनाइएको छ ।