अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी र्यालीमा गोली चल्यो
पेन्सिल्भेनिया । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा गोली चलेको छ । पेन्सिलभेनियामा ट्रम्पको र्यालीमा गोली चलेको थियो । जसमा र्यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो ।
पेन्सिल्भेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा भएको गोलीकाण्डको सन्दर्भमा, सीबीएस न्यूजले अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले गोलीबारी लगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताएको छ। ट्रम्पलाई मोटरकार्डमा लगिएको थियो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ । यद्यपी यस सम्बन्धमा आधिकारिक पुष्टि भने भएको छैन ।
गुप्तचर सेवाले डोनाल्ड ट्रम्प सुरक्षित रहेको बताएको छ । पेन्सिल्भेनियामा शनिबार पूर्व अमेरिकी राष्ट्रपतिको र्यालीमा गोली चलेको घटनापछि सुरक्षा बढाइएको छ ।
सबै सुरक्षा उपायहरू वरिपरि लागू गरिएको छ। रोयटर्सको रिपोर्टका अनुसार गोप्य सेवा विभागका सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, “जुलाई १३ तारिखको साँझ पेन्सिलभेनियामा ट्रम्पको र्यालीमा एउटा घटना भएको थियो।”
एन्थोनी गुग्लिएल्मीले गोप्य सेवाले गोलीबारी पछि तुरुन्तै सबै सुरक्षा उपायहरू लिएको बताए। हाल पूर्वराष्ट्रपति सकुशल छन् । गोप्य सेवाका अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। यस सम्बन्धमा विस्तृत जानकारी चाँडै उपलब्ध गराइनेछ।
घटनापछि राष्ट्रपति ट्रम्पले छिट्टै जवाफ दिने कानून प्रवर्तन अधिकारी र सुरक्षाकर्मीहरूलाई धन्यवाद दिए। प्रवक्ता स्टिभन चेउङले भने, ट्रम्प हाल स्वस्थ छन् र स्थानीय मेडिकल सेन्टरमा जाँच भइरहेको छ। यस सम्बन्धमा थप जानकारी पछि दिइनेछ।














