नेपाली टिमलाई अमेरिकन दूतावासको विदाई

Getting your Trinity Audio player ready...
|
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंमा रहेको अमेरिकन राज दूतावासले बिदाइ गरेको छ।
दूतावासले शुक्रबार एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपालले सन् २०१४ को बंगलादेश विश्वकप पछि १० वर्षको अन्तरालमा विश्वकप खेल्न लागेको छ । नेपाली टोलीले शनिबार वेस्टइन्डिजसँगको पाँचौ टी २० खेले पछि अमेरिका प्रस्थान गर्ने छ । नेपाली अमेरिकाबाट वेस्टइन्डिजमा गएर अन्तिम अभ्यास गर्ने छ । नेपाली टोलीलाई शुक्रबार महाराजगञ्जमा रहेको दूतावासमा विदाई गरिएको हो ।
विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ। नेपाली टिमलाई शुक्रबार नै नेपाल क्रिकेट संघ क्यानले पनि विदाई गरेको छ ।
विश्वकप खेल्ने टोलीः
रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी