अमेरिकामा ३६ कलाकारले निरन्तर ८ घण्टा कोरे ७ नेपाली मोडेलका चित्र

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकाका केही प्रसिद्ध सहित ३६ कलाकारले निरन्तर ८ घण्टा सम्म नेपाली मोडेलका चित्र कोरेका छन्।
पेन्सिल्भेनिया राज्यको ठुलो सहर तथा अमेरिकाकै पहिलो राजधानी फिलाडेल्फियामा रहेको बीओके भवनको सातौँ तलामा रहेको स्टुडियो इन्कममिनाती गत शनिवार नेपाली मोडलको पोर्ट्रेट पेन्टिङ गरिएको हो।
‘सोल अफ द हिमालय आर्ट’ शीर्षकमा समकालीन यथार्थवादी कलाको लागि स्टुडियो इन्कामिनाटीमा नेपाली परम्परागत भेसभुसामा सजिएका महिला पुरुषको चित्र कोरिएको हो।
स्टुडियोमा अध्ययनरत सर्जन ढकालको पहलमा कार्यक्रम भएको हो। कार्यक्रमलाई गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिका पेन्सिल्भेनिया च्याप्टर र पेन्सिल्भेनिया नेपाली गुठीले सहजिकरण गरिदिएका थिए।
नेपाली पोसाकमा सजिएकहरुलाई प्रत्यक्ष हेर्दै कलाकारहरूले (पोर्ट्रेट पेन्टिङ) चित्र कोरेका थिए।
पोर्ट्रेट पेन्टिङ स्कुलका प्राध्यापक स्टीफन अर्ली, ड्यारेन किङ्स्ले, केरी डन, राहेल पियर्सन, नेल ओलेरी सर्जन ढकाल सहितका विद्यार्थी सहभागी थिए।
स्कुल २०१५ मा स्वर्गीय निल्सन शान्क्स र उनकी श्रीमती लियोना शान्क्सले स्थापना गरेका हुन।
सम्पूर्ण विश्व आधुनिक कलाको पछि दौडिरहेको समयमा उनीहरूले यथार्थवादी कलाको अभाव टार्न स्कुल स्थापना गरेका हुन्।
ढकालले यथार्थवादी कलाको सौन्दर्य सुन्दरतालाई नेपाल सँग जोड्न आफू लागि पर्ने बताएका छन्।