केबी राई ‘केप कड नेपाली समाज’ को अध्यक्षमा पुन निर्विरोध निर्वाचित

Getting your Trinity Audio player ready...
|
मासाच्युसेट्स/ केबी राई केप कड नेपाली समाजको अध्यक्षमा पुन निर्विरोध निर्वाचित भएका छन्। उनी यस अगाडि पनि अध्यक्ष थिए।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सन् २०११ स्थापना भएको हो।यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
अप्रिल १३ तारिख सम्पन्न साधरण सभा तथा तेस्रो अधिवेशनले राईको अध्यक्षतामा कार्यसमिति नै निर्विरोध चयन गरेको हो। बरिष्ठ उपाध्यक्षमा विष्णु मान प्रधानलाई निर्विरोध भएका छन्।
यस्तै उपाध्यक्षहरुमा कुवेर विन्दुकार र कृष्ण तिमल्सिना तथा महासचिवमा इच्छा खड्का छन्। यस्तै सचिवमा सरस्वती खनाल, सह- सचिवमा हर्कुलस कान्दंगवा र कोषाध्यक्षमा विमल खड्का चयन भए। सह-कोषाध्याक्षमा सुशिला सिंह, महिला संयोजकमा प्रमिला धमला बन्जारा र युवा संयोजक कुमार तामाङ निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमितिको सदस्यहरुमा, अजय खतिवडा, ध्रुव थापा, ज्योति केसी, खगेन्द्र राई, कुमुदा पोख्रेल, पार्वती चालिसे, समीर ओझा, सिताराम राई र टिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
विधान अनुसार २१ जना रहने कार्यसमितिमा २० जना निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिले बाँकी १ सदस्य पछि बैठकबाट मनोनित गर्ने छ।
यस अगाडि समाजका अध्यक्ष राईको सभापतित्वमा भएको साधारण सभाको सञ्चालन सचिव ईच्छा खड्काले गरेका थिए।
सदस्य कृष्ण तिमल्सिनाले उपस्थित सबैलाई स्वागत गरेका थिए। सभाको उद्घाटन साना वालिकाहरूले बत्ति वालेर गरेका थिए ।
साधरण सभाले सचिव ईच्छा खड्काले पेश गरेको संस्थाको प्रगति विवरण र कोषाध्यक्ष विमल खड्काले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो।
सभाले सल्लाहाकार तथा विधान समितिका अध्यक्ष विष्णु मान प्रधानले पेस गरेको संसोधित विधान पारित गरेको थियो। प्रधानले विधान माथी उठेका केही प्रश्न र जिज्ञासाको जवाफ दिए पछि हलले पारित गरेको हो।
उनले मानव जाती सामाजिक प्राणी भएको र जता गएपनी समाज चाहिने भन्दै समाजका सवै सदस्यहरू मिलेर विधानले दिएको अधिकार प्रयोग गरेर संस्थालाई अझ राम्रो सँग अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए।
बन्द सत्रमा, केप कड नेपाली समाजको नयाँ कार्य समितिको निर्वाचन प्रयोजनका लागी गठित निर्वाचन समितका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले संस्थाको विधान बमोजिम विधिपूर्वक प्रकृया पुरा गरी अधिवेशन वाट नयाँ कार्य समितीको निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराएका थिए।
निर्वाचन समितिका अध्यक्ष राईले निर्वाचित कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।
साधारण सभामा केही सदस्यहरू मध्य वाट ठग बहादुर तिमल्सिना र हेम चालिसेले नव निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सभामा उपस्थित सबैले एक आपसमा नयाँ वर्षको शुभकामना पनि आदान प्रदान गरेका थिए।
सभाले आयोजना गरेको रात्रि भोजमा बिभिन्न परिकार बनाएर ल्याउने सम्पूर्ण सदस्य तथा स्वयंसेवीहरूलाई सम्मान गरेर प्रमाण पत्र पनि प्रदान गरिएको थियो। उक्त सभामा ४६ जनाले आजिवन सदस्यता पनि लिएका थिए ।
नव निर्वाचित अध्यक्ष केवी राईले सभामा उपस्थित सबै सदस्यहरूलाई सहयोग, समर्थन र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
उनले विधान समिति, निर्वाचन समिति, सल्लाहकारहरु, कार्यसमीतिका पदाधिकारी तथा सदस्यहरू, स्वयंसेवकहरू र प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
अध्यक्ष राईले नब निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दै केप कड बासी हामी सबै नेपाली मिली हातेमालो गरेर संस्थालाई अगाडी बढाउदै जाने कुरामा जोड दिए।
उनले आफ्नो प्रतिबध्ता ब्यक्त गर्दै सबैलाई नेपाली नयाँ बर्षको २०८१ को शुभकामना दिएका थिए।