अमेरिकामा पशुपतिनाथको प्राण प्रतिष्ठा सम्पन्न

Getting your Trinity Audio player ready...
|
टेक्सस/ अमेरिकाको टेक्सस राज्यको ग्रेटर अस्टिनको हुट्टोमा निर्माण गरिएको पशुपतिनाथको मन्दिरमा बिहिवार पशुपतिनाथ लगायत पाञ्चायन देवताको मूर्तिहरूलाई मन्दिर परिक्रमा गराएर गर्भ मन्दिरमा स्थापना गरिएको छ ।
दुई दिनको पूजापाठ , जप, हवन, र प्राण प्रतिष्ठाको विधि पुरा गरेर मन्दिर भित्रको तत् तत् स्थानमा स्थापन गरिएको हो ।
महाशिवरात्रिको दिन शुक्रवार बिहान आठ बजे देखि स्थापित देवताको पूजा , हवन, गरी ९ बजे १०८ कलशले मन्दिर परिक्रमा गरिने छ ।
कलश परिक्रमा पछि भगवानको स्नान गराई वस्त्र धारण गराएर आँखा खोल्ने, ऐना देखाउने र प्रसाद भोग लगाउने कार्यक्रम रहेको छ । साथै लाख बत्तीले आरती गरिने छ ।
शुक्रवारको कार्यक्रममा अस्टिन, ग्रेटर अस्टिन र बरपरका हजारौँ भक्तजनहरूको उपस्थिति रहेन विश्वास गरिएको छ ।