एनआरएनए कुँवर समूहको अधिवेशन मार्च १६ मा
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएको विनोद कुँवर समूहको अधिवेशन काठमाडौँमा हुँदै छ । एनआरएनएको दसौँ अधिवेशनका बेला विवाद भएपछि दुई वटा एनआरएनए बनेका थिए ।
एउटा समूहको नेतृत्व कुँवरले गरेका थिए भने अरू तीन जना अध्यक्ष भएर एनआरएनए चलेको थियो । तीन अध्यक्षवाला समूहको ११ औँ अधिवेशन भए पनि विवादित बन्दा त्यहाँ पनि दुई समूह समानान्तर क्रियाशील रहेका छन् ।
तर, कुवर समूहले ११ औँ अधिवेशन गर्दा सबैलाई एकताबद्ध हुन आग्रह पनि गरेको छ । मार्च १६ तारिखमा काठमाडौँमा हुने ११ औँ अधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आउन लागेको उक्त समूहका अभियन्ताहरूले बताएका छन् ।
१६ मार्चमा काठमाडौँको हायात रिजेन्सीमा हुन लागेको अधिवेशनका लागि अहिले नेपाल सरकारदेखि राजनीतिक नेतृत्वहरूलाई निमन्त्रण गरिसकेको जनाइएको छ । कुँवर समूहको संरक्षकमा भने एनआरएनएका पूर्व अध्यक्ष शेष घले रहेका छन् ।
अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । तर, नेतृत्व सर्वसम्मत हुने सम्भावना रहेकाले चुनाव हुने सम्भावना धेरै कम रहेको एक अभियन्ताले बताए । उनले भने ‘हामी चुनाव भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गरेर डायस्पोरामा सन्देश दिन चाहन्छौँ ।’ यो समूहबाट अहिलेसम्म कोही कसैले नेतृत्वका लागि दाबी पनि सार्वजनिक गरेका छैनन् ।
एनआरएनए कुँवर समूहको अधिवेशन ६ महिना सर्ने सम्भावना
March 12, 2024 @ 8:25 am
[…] […]