घरमा नै कोरोना परिक्षण गर्न मिल्ने उपकरण अमेरिकी बजारमा
अमेरिका ।यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले घरमा नै कोरोना टेष्ट गर्ने दुई नयाँ उपकरणलाई बजारमा लान अनुमति दिएको छ । अघिल्लो साता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले घरमा नै परिक्षण गर्न मिल्ने उपकरण खरिद र वितरणमा तिव्रता दिन संघीय प्रसाशनलाई आदेश दिएका थिए ।
कोभिड परीक्षणमा पहुँच बढाउन राष्ट्रपति बाइडेनले अमेरिकीहरूले सुविधाजनक र घर-घरमा निःशुल्क परीक्षणमा पहुँच सुनिश्चित गर्ने घोषणा गरेका थिए । उनले नयाँ उपकरणको द्रुत वितरण जनवरीमा शुरु गर्ने र जाडोको मौषममा अमेरिकीहरूलाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्दता जनाएका थिए ।
‘ओभर-द-काउन्टर एट-होम’ कोभिड परीक्षण उपकरणले अमेरिकामा प्रति महिना दशौं लाखले सुविधा पाउने छन् । एफडीएले बुधवार बजारमा ल्याउन अनुमित दिएको उपकरण प्रयोगमा सजिलो रहेको जनाइएको छ । डिपार्टमेन्ट अफ हुमन सर्भिसेसका सेक्रेटरी जेभियर बेसेराले नयाँ उपकरणलाई “प्रयोग गर्न सजिलो, भरपर्दो’ भनेका छन् ।
‘कोभिट परीक्षणहरूमा अमेरिकीहरूको पहुँच बढाउनु बाइडेन प्रशासनको लागि उच्च प्राथमिकता हो, र हामी थप परीक्षणहरू उपलब्ध गराउन र आपूर्ति बढाउनको लागि सबै स्रोतहरू प्रयोग गरिरहेका छौं ।’
बेसेराले यस्तो उपकरणले मानिसलाई सुरक्षित र शान्त राख्न मद्दत गर्ने दावी गरेका छन् । “दुई नयाँ अधिकृत परीक्षणहरू थप्दा अमेरिकीहरूलाई घरमा परीक्षणको लागि थप विकल्पहरू दिनेछ, जसले मानिसहरूलाई सुरक्षित राख्न र मानसिक शान्ति प्रदान गर्न मद्दत गर्दछ।”
यी उपकरणका लागि अमेरिकी प्रशाशनले ७० मिलियन अमेरिकी डलर खर्च गर्ने जनाएको छ । अहिले अमेरिकाभरि बीस हजार नि:शुल्क परीक्षण केन्द्रहरु छन् ।












