के हो वि.ओ.आई: अमेरिकी साना तथा मझौला व्यवसायीले जान्नु पर्ने नयाँ नियम

Getting your Trinity Audio player ready...
|
डा.अविन ओझा
प्रसङ्ग /अमेरिकी काँग्रेसले सन् २०२१ म “दी कर्पोरेट ट्रान्सपेरेन्सी एक्ट” पारित गरेको थियो । यही ऐन अन्तर्गत रहँदै यु.एस. डिपार्टमेन्ट अफ ट्र्रेजरी अन्तर्गतको “फाइन्यान्सियल क्राइम इर्फोसमेण्ट नेटवर्क” (फीनसेन) ले कुनै पनि व्यक्ति, समूह या संस्थाले सञ्चालनमा ल्याएको व्यवसायको सूचना या अवस्थाको जनकारी फीनसेनमा अनिवार्य गराउनु पर्ने नियम लागु गरेको छ । यही फेडेरल कानुनलाई वि.ओ. आई. अर्थात् “बेनिफिसियल ओनरसीप इन्फरमेसन” भनिन्छ । यो नयाँ नियम जनावरी १, २०२४ देखी लागु भएको छ । जस अनुसार व्यवसायहरुले आफ्नो व्यवसायका बारेमा फीनसेनलाई अनिवार्य रिपोर्टिङ गर्नु पर्ने व्यवस्था लागु भएको छ ।
यस आलेखका पक्तिकार यस विषयको विज्ञ होइनन् । तसर्थ यस आलेख विश्लेषणका लागि नभई सूचना सप्रेषणका लागि मात्र तयार पारिएको हो । यहाँ वि.ओ.आई. का सन्दर्भमा विभिन्न सामाग्रीको समीक्षा पश्चात् केही सन्दर्भहरू साधारण जनकारीको लागी उपलब्ध गराइएको छ ।
कहिले वि.ओ.आई. रिर्पोटिङ्ग गर्ने?
यदि तपाईको व्यवसाय दर्ता तथा सञ्चालन जनावरी १, २०२४ अगाडी नै भएको भए, वि.ओ.आई रिपोर्टिङ जनावरी १, २०२५ भित्रमा गर्न सकिन्छ । यदि तपाईले अव २०२४ मा व्यवसाय दर्ता तथा सञ्चालनमा ल्याउँदै हुनु हुन्छ भने व्यवसाय दर्ता या सिर्जना भएको सूचना आएको ९० दिन भित्र वि.ओ.आई. रिर्पोटिङ्ग अनिवार्य गर्नु पर्ने हुन्छ । जनावरी १, २०२५ पछि दर्ता या सृजना भएका व्यवसायको हकमा भने रिर्पोटिङ्ग समय ३० दिनको हुने छ ।
फिनसेन लाई वि.ओ.आई. को रिपोर्टिङ गर्दा कुनै शुल्क भने लाग्दैन । यो रिपोर्टिङ फिनसेनको वेव साइट मार्फत सजिलै गर्न सकिन्छ । यस सम्बन्धी विस्तृत जानकारी यस वेबसाइट https://www.fincen.gov/boi/small-business-resources मा उपलब्ध छ ।
कसरी र कहाँ बुझ्ने फीनसेन र वि.ओ.आई. का बारेमा ?
यदि तपाई व्यवसाय मालिक हो भने फीनसेनको अफिसियल वेबसाइट www.fincen.gov/boi मा गई वि.ओ.आई. का बारेमा जनाकारी तथा आवश्यक सूचना लिन सक्नु हुन्छ । यसका अलावा कोही फाइनान्स तथा लेख विज्ञ सँग सल्लाह लिन सक्नु हुने छ ।
के सबै कम्पनी तथा व्यवसायले वि.ओ.आई रिपोर्टिङ गर्नु पर्ने हुन्छ ?
प्राय सबै साना नाफा मुखी व्यवसायले वि.ओ.आई. रिपोट अनिवार्य गर्नु पर्ने छ । तर कर छुट पाएका गैर नाफा मूलक संस्था या व्यवसायका साथै बैक तथा क्रेडिट युनियन, पब्लिक युटिलिटी आदी गरी २३ प्रकारका कम्पनी तथा व्यवसायहरूले भने वि.ओ.आई. रिपोट गर्नु पर्ने प्रावधान छैन ।
वि.ओ.आई. रिपोर्टिङमा सामान्यतया के के कुरा उल्लेख गर्नु पर्ने हुन्छ ?
यस रिपोर्टिङ मूलत व्यवसाय तथा कम्पनीको नाम, ठेगाना, काम, दर्ता, र करदाता नम्बर अनिवार्य हुन्छ । त्यसो त कम्पनीको मालिक या सेयर धनीको हकमा पनि नाम, वतन, जन्म मिति, तथा परिचय पत्र नम्बर इत्यादि आवश्यक हुन्छ ।
किन आयो यो वि.ओ.आई. रिपोर्टिङ नियम?
यो नियम मूलत सङ्घीय सरकारको आर्थिक अपचलन तथा वित्तीय घोटाला नियन्त्रण सँग सम्बन्धित छ । वि.ओ.आई रिपोर्टिङले मनी लान्ड्रिङ, ड्रग्स ट्रयाफिकिङ्गं, तथा वित्तीय छल तथा अपचलन नियन्त्रण गर्ने विश्वास लिइएको छ । अमेरिकामा साना तथा सीमित दायित्व भएका कम्पनी तथा व्यवसाय वित्तीय सुशासन कायम गर्न यो नियम लागु गरिएको हो ।
वि.ओ.आई. रिपोर्टिङ नगरेमा रिर्पोटिङमा गलत सूचना दिएमा के हुन्छ ?
कुनै पनि व्यवसाय वा व्यक्तिले फिनसेन वि.ओ.आई. रिपोर्टिङ समय सीमा भित्र नगरेमा या सूचना जानाजान गलत दिएमा मौद्रिक दण्ड, जेल सजाय, या दुवै हुने व्यवस्था छ । यसर्थ अव प्राय सबै साना तथा मझौला व्यवसायले अनिवार्य वि.ओ. आई. रिपोर्टिङ गर्नु पर्ने भएको छ ।
वि.ओ.आई. रिपोर्टिङ गर्दा के फाइदा हुन्छ ?
यसले प्रत्यक्ष लाभ नदिएता पनि एक असल ब्यावसाय एवम् नागरिकको पहिचान दिने छ । वि.ओ.आई रिपोर्टिङले अमेरिकी वित्तीय प्रणालीमा वित्तीय छल लाई कमी ल्याउँछ । आर्थिक छल र अपचलनका कारण देशमा हुन सक्ने गैर कानुनी क्रियाकलाप जस्तो कि मनी लान्ड्रिङ, अवैध लागु औषध कारोबार, लगायत विभिन्न गलत धन्दा आदी को नियन्त्रण टेवा पुग्ने छ । त्यसो त साना तथा मझौला व्यवसाय वित्तीय पारदर्शिता कायम पनि हुने छ ।