बन्द समूहमा छलफल गर्न २८ समूह
64

काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बन्द सत्रमा पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ ।
बन्द सत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले पेस गरेको विधान मस्यौदामाथि छलफल गर्नको लागि २५ समूह बनाइएको छ ।
प्रवक्ता कृष्ण बहादुर महराले दिएको जानकारी अनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको उनले बताए । प्रतिनिधिहरूलाई मङ्गलवार दिनभर छलफलको लागि समय दिइएको उनले बताए ।
प्रवक्ता महराले मङ्गलवार दिनभरि सबै समूहका सदस्यले समूहगत रूपमा छलफल गर्ने बताए । बुधवारबाट समूहगत रूपमा निष्कर्ष राख्न सुरु हुन्छ।’
प्रदेश नम्बर १ को दुई समूह विभाजन गरेर हर्क गुरुङले संयोजन गर्ने भएका छन् । प्रदेश नम्बर २ को नेतृत्व गणेश साहले गर्नेछन् । सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ ।
लुम्बिनी प्रदेशको नेतृत्व चक्रपाणि खनाल, गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ, प्रवास समितिको लक्ष्मण पन्त, कर्णालीको विमला केसीले नेतृत्व गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशको नेतृत्व खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बाग्मती प्रदेशको सरल सहयात्री लगायतले नेतृत्व गर्ने भएको छन् ।





