सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले २८ मंसिरदेखि विक्रिवितरणमा रोक लगाएको थियो ।










