बर्षमान पुन महाधिवेशनमा उपस्थित हुन नसक्ने , महासचिव घोषणा गर्न प्रचण्ड माथि दबाब

Getting your Trinity Audio player ready...
|
थाइल्यान्डमा उपचार सम्भव नभए पछि पुन एयर एम्बुलेन्सबाट चीन पुगेका छन् । कलेजोमा जन्डिस देखिएको उनको शुक्रवार चिकित्सकले थप उपचार सुरु गरेका छन् । महासचिवको दाबेदार रहेका पुनको अनुपस्थितिमा महासचिवको घोषणा गर्न प्रचण्डलाई दबाब परेको छ ।
माओवादी युद्ध सुरु भए देखि यता पुन प्रचण्डका सबै भन्दा विश्वासिला पात्रको रूपमा रहेका छन् । युद्धको समय देखि शान्ति प्रक्रियासम्ममा उनको भूमिकाको कदर गर्दै अनुपस्थितिमा भए पनि महासचिव घोषणा गर्नु पर्ने आवाज पुन निकट कार्यकर्ताले प्रचण्ड सामु राख्दै आएका छन् । माओवादी (केन्द्र)को अधिवेशन आइतबार सुरु हुँदै छ ।