चलचित्र परदेशी २ को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी साता रिलिज तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ । नारायण रायमाझी निर्देशित चलचित्र दर्शकका लागि प्रतिक्षित रहेको छ। यसको प्रतीक्षा दुई कारणले छ एक त सुपरहिट चलचित्रको नाम सिक्वेल अनि अर्को गायक प्रकाश सपुतको डेव्यु चलचित्र ।
पहिलो परदेशीमा गायक प्रशान्त तामाङ्ग अभिनेताको रुपमा रहेका थिए । गायनमा सफल भएपछि अभिनयमा होमिएका सपुतका लागी बिशेष रहेको छ। सांगीतिक चलचित्रको ट्रेलर निकै भावुक बनाउने काटिएको छ ।
प्रकाश सपुतको साथमा चलचित्रमा केकी अधिकारी, प्रशान्त तामाङ्ग, बर्षा सिवाकोटी, देवेन्द्र बब्लु, दिलिप रायमाझी, निर शाह, रमा थपलिया लगायतको अभिनय रहेको छ। चलचित्रमा नारायण रायमाझी र राजेश बन्सल निर्माताको रुपमा रहेका छन् ।