संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुभास नेम्वाङ्गको निधन

पेन्सिल्भेनिया,अमेरिका / संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुभास नेम्वाङ्गको सोमवार निधन भएको छ।
नेकपा एमालेको विदेश स्थित संगठन प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष संजय थापाले नेम्वाङ्गको निधनको पुष्टी गरेका छन्।
‘हो अहिले भर्खर मैले अध्यक्ष सँग नै कुरा गरे उहाँलाई (नेम्वाङ्ग) हृदयघात भएको रहेछ, अस्पताल लैजादै गर्दा उहाँको निधन भयो।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा थापाले भने।
नेम्वाङ्ग इलामबाट निर्वाचित संसद हुन्।