अमेरिकामा ‘पहिलो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप’ सेप्टेम्बर सोह्र तारिख
|
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ पहिलो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप सेप्टेम्बर १६ तारिख शनिवार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा हुने भएको छ।
हिमालयन तेक्वान्दो डोजाङ्ग ह्यारिसबर्गले च्याम्पियनसिप आयोजना गर्न लागेको हो । हिमालयन तेक्वान्दो सन् २०१८मा स्थापना भएको हो।
शनिवार आफ्नै डोजाङ्गमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको बारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा पेन्सिल्भेनिया राज्यसभा प्रतिनिधि (सांसद) डेभिड मैडसेन र जस्टिन फ्लेमिङ, सिनियर मास्टर कुमार कार्की, मास्टर मोसा टोरे लगायतको उपस्थिति रहेको थियो।
हिमालयन तेक्वान्दोका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्माका अनुसार सेप्टेम्बर १२ तारिख मंगलवार सम्म च्याम्पियनसिपका लागि खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने छन्।
‘अहिले सम्म तीन सय पचास नाघिसक्यो, चार सय सम्म पुग्ने हामीले अपेक्षा गरेका छौ।’ शर्माले भने।
च्याम्पियनसिपमा पेन्सिल्भेनियाका विभिन्न डोजाङ्गका साथै केन्टकी,ओहायो, मेरील्याण्ड, भर्जिनिया र न्यूजर्सीका खेलाडीले नाम दर्ता गराएका छन्।
प्रमुख प्रशिक्षक शर्माका अनुसार पुम्से, स्पाइरिङ्ग र ब्रेकिङ्ग गरि तीन वटा विधामा नै प्रतिस्पर्धा गराइने छ। एउटा खेलाडीले तीन वटै विधानमा भाग लिन पाउने छन्।
यस्तै खेलाडीको उमेर,तौल र वेल्टको आधारमा डिभिजन विभाजन गरिने छ।
खेलाडी दर्ताका लागि यो लिङ्कमा जान सक्नु हुने छ।
पत्रकार सम्मेलनका तस्वीरहरु













