समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै
काठमाडौँ । समाजवादी मोर्चाले आज कोसी प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ ।
यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देश सभा गरिसकेको मोर्चाले आज कोसीको विराटनगरमा सन्देश सभा राखेको हो ।
सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।
सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।
















