शीर्ष नेताले संसद बन्धक बनाएको रवि लामिछानेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानले ठूला दल र शीर्ष नेताको स्वार्थका कारण संसद बन्धक बनेको आरोप लगाएका हुन् ।
तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन नपाइने भन्दै उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोपसमेत लगाए ।
‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने ?’ उनले भने ‘मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’
अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग उनको माग छ ।
















