जिम्मेवार पदमा बस्नेहरु नै राष्ट्रिय सुरक्षाको सवालमा गम्भीर छैनन् : सुरक्षाविद् उप्रेती
सुरक्षाविद् विष्णु राज उप्रेतिले, राष्ट्रिय सुरक्षाका सवालमा जिम्मेवार पदमा बस्ने मानिस नै गम्भिर हुन नसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उप्रेतिले राष्ट्रिय सुरक्षा नीतिको बारेमा राज्यको जिम्मेवार पदमा बस्ने मानिसले नै महत्व नदिएको टिप्पणीग गरेका हुन् ।
नीति अनुसन्धान प्रतिष्ठानका निर्वतमान कार्यकारी प्रमुख समेत रहेका सुरक्षाविद् भने ‘ महत्वपूर्ण दस्तावेज कहाँ छन् भनेर खोज्दा खेरी त्यति बेला काम गर्ने अधिकारीहरुका घर घरमा छन् तर कार्यालयहरुमा छैनन् ।’ उनले भने ‘ मैले परराष्ट्र मन्त्रीलाई लेखेको छु । मुख्य सचिवलाई लेखेको छु महत्वपूर्ण दस्तावेज खोजिनू पर्यो कहाँ गए ती ?’
कार्र्यान्वायन छैनन् नीति अनुसन्धान परिषद्मा महत्वपूर्ण दस्तावेज कुहिने अवस्थामा पुगेको उनको भनाई छ ।
बैठकमा अन्य सुरक्षाविद्हरुले राष्ट्रले राष्ट्रिय महत्वका वस्तुहरुको संरक्षण र त्यसको उपयोगमा ध्यान दिन नसकेको बताएका थिए ।