राष्ट्रिय सभाबाट आज विनियोजन विधेयक २०८० पारित हुँदै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज(बुधबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमा सांसदहरुले उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
मन्त्रीहरूले जवाफ दिएपछि आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमा प्रस्तुत गरिएका खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त ‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस’भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छन् ।












