कांग्रेसको आगामी महाधिवेशनमा आफ्नो पनि दावी रहने सशांक कोइरालाको कथन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद सशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा आफ्नो पनि दावी रहने बताएका छन् ।
सोमबार बसेको संसद बैठकबाट वाहिरिदै गर्दा सञ्चारकर्मीसँग सांसद कोइरालाले आफुले जहिले पनि साइलेन्ट राजनीति गर्ने गरेको बताए ।
उनले भ्रष्टाचार निर्मुल गर्न नसकिने तर न्यूनीकरण गर्न सकिने भन्दै आफुले राखेको यथार्थ कुरालाई हाँसो उडाइएको गुनासो गरे ।
उनले भने ‘ म साइलेन्ट राजनीति गर्छु, यही राजनीति गरेर लगातार चार पटक जितिसकेको छु , भ्रष्टाचारको कुरा गर्दा हाँसोमा उडाउछन्,मैले यथार्थ कुरा गर्ने गरेको छु । ’
सांसद कोइरालाले कृषिमा आमुल परिवर्तन गरेको खण्डमा राष्ट्र अत्यन्त सुन्दर हुने धारणा पनि राखे ।














