कांग्रेस महाधिवेशन : विदेशि नागरिकता लिएका दर्जन भन्दा बढीले हाले भोट

Getting your Trinity Audio player ready...
|
अमेरिका। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत भएको मतदानमा चार हजार ६ सय ७९ मत खसेको छ । कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७ सात ४३ प्रतिनिधिमध्ये चार हजार ६ सय ७९ ले मतदान गरेका हुन् । मतदानमा ६४ जना अनुपस्थित भए ।
कांग्रेस महाधिवेशनमा मतदान गर्ने मध्ये एक दर्जन भन्दा बढी व्यक्ति विभिन्न देशको नागरिकता लिएको दावी नेपाली जनसम्पर्क समिति सम्वद्ध व्यक्तिले गरेका छन् । अमेरिकाबाट सहभागि १४ मध्ये पाँच जनाले अमेरिकी राहदानीमा नेपाल यात्रा गरेको ति व्यक्तिको दावी छ । दुई जनाको त राहदानी र गैर आवासीय नेपाली कार्ड नै सार्वजनीक भएको छ ।
‘आफु निकटको लुकाउने अरुको चै सार्वजनीक गर्ने काम भयो खासमा अमेरिकाबाट कांग्रेस महाधिवेशनमा भाग लिने १४ मध्ये पाँच जनाले अमेरिकी राहदानि लिएका छन्’ जनसम्पर्क समिति अमेरिकाको पदाधिकारी समेत रहेका ति व्यक्तिले भने ।
यस्तै क्यानडा, बेलायत र जर्मनबाट सहभागिहरु मध्ये पनि आधा दर्जन भन्दा बढीले विदेशी राहदानीमा अहिले नेपाल यात्रा गरेको त्यहाँ स्थित जनसम्पर्क समितिका पदाधिकारीले दावी गरेका छन् । विश्वभरबाट कुल दुई सय ६५ जनाले यस पटकको महाधिवेशनमा प्रतिनिधि बनेर भाग लिएका छन् ।
‘नेताहरुलाई सबै थाहा छ, नोट र भोटको प्रलोवनमा थाहा पाएर पनि नपाए जस्तो गरेका हुन्, खासमा निवर्तमान महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत,जनसम्पर्क विभागका प्रमुख गोविन्द भट्टराई यो बारेमा पूर्ण जानकार छन् ।’ उनी दावी गर्छन । ‘आफुलाई भोट पनि आउने र चुनावी खर्च पनि आउने भए पछि तै चुप मै चुप भए ।’
त्यसो त अमेरिकाबाट गएका दुई व्यक्तिले पार्टीको निर्वाचन समिति र उच्च अदालत पाटनमा पनि निवेदन दिएका थिए । अदालतमा रहेको मुद्दा विचराधीन नै छ । तर निर्वाचन समिति भने लाचार बनेको देखिन्छ ।
कांग्रसले यस अगाडि महाधिवेशनमा सहभागि हुने प्रतिनिधिले नेपाली राहदानीमा यात्रा गरेको अनिवार्य देखाउनु पर्ने भनेर परिपत्र गरेको थियो । तर अन्तिम अवस्थामा सस्थापन पक्षका नेताहरुकै दाववका कारण राहादानी देखाउने नियम कार्यन्वयन नगरिएको हो । निर्वाचन समिति पनि सस्थापन पक्षको दवावका अगाडि निरिह भएको बताइएको छ ।
विदेशि नागरिकले पनि गरे कांग्रेस महाधिवेशनमा मतदान, जनसम्पर्क समितिको वदमासी
‘अमेरिकी पासपोर्ट लुकाएर कांग्रेस महाधिवेशनमा भाग लिन पाइदैन’
कांग्रेस महाधिवेशन : काठमाडौंमा मुद्दा दर्ता, जनसम्पर्कमा खैलाबैला