कांग्रेस महाधिवेशन : काठमाडौंमा मुद्दा दर्ता, जनसम्पर्कमा खैलाबैला
अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले उच्च अदालत पाटनमा रिट दर्ता गरे पछि बिहिवार जनसम्पर्क समितिमा खैलाबैला भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनसम्पर्क समितिको तर्फबाट भाग लिने प्रतिनिधि छनौट अवैधानिक भएको भन्दै लामाले पाटन अदालतमा रिट दायर गरेका हुन् ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल र ध्रुवराज शर्मा मार्फत लामाले रिट दार्ता गरेको जनाएका छन् । लामाका अनुसार रिट निवेदनमा नेपालको संविधान र नेपाली कांग्रेसको विधान विपरित विदेशि नागरिकता लिएका व्यक्ति पनि महाधिवेशन प्रतिनिधि भएकाले त्यसलाई रोकिपाँउ भनि परामादेशको माग गरिएको छ ।
रिटको सुनुवाई मंसिर २६ गते आइतवारका लागि तोकिएको छ । नेपाली कांग्रेसको महाधिवेशन शुक्रवार देखि शुरु हुदै छ । अब आइतवार उच्च अदालतको आदेश पछि जनसम्पर्क समितिको तर्फबाट महाधिवेशन प्रतिनिधि गएकाहरुले मतदान गर्न पाउने नपाउने भन्ने टुङ्गो लाग्ने छ ।
रिट निवेदनमा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस केन्द्रीय कार्यलय, कांग्रेस निर्वाचन समिति,नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई विपक्षी बनाइएको छ ।
सभापति बिष्टले प्रक्रिया नै नपुर्याइ भर्जुअलमा भएको अधिवेशनमा निर्वाचन आयुक्त डाक्टर विनोद शाह मार्फत नाम पढन लगाएको आरोप छ । सो प्रक्रियाको उनी निकट व्यक्तिहरुले पनि सामाजिक सञ्जालमा आक्रोस पोखेका थिए । अहिले रिट दायर गरेको वियषमा पनि अमेरिकामा रहेका जनसम्पर्क समितिका कार्यकर्तामा दिनभर बहसको विषय भनेको छ । कतिपयले सोहि विषयलाई लिएर समाजिक सञ्जालमा प्रतिक्रिया समेत दिएका छन् ।
अमेरिका २४ सय ६१ क्रियाशिल सदस्य भएकोमा २४ घण्टा भन्दा कम समय अवधिको सूचना दिएर सम्पन्न भएको अधिवेशनमा दुई सय भन्दा कम व्यक्ति उपस्थित थिए । अधिवेशनले १४ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो । ति मध्ये केहिले अमेरिकी नागरिकता लिएको आशंका गरिएको छ । नेपालको संविधनले विदेशको नागरिकता लिएका नेपालीलाई राजनैतिक अधिकार बञ्चित गरेको छ ।