कांग्रेस महाधिवेशन : मतदान स्थलमा मोवाइल लैजान नपाउने
उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न पाइने छैन ।
भृकुटीमण्डपस्थित महाधिवेशनस्थल ओरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न पाइने छैन । जारी आचारसंहिता अनुसार मतदानस्थलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मोबाइलसमेत लैजान पाउने छैनन् ।
कांग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । यस्तै मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।










