एमालेका सबै मन्त्रीद्वारा राजीनामा
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
पार्टीले सरकारबाट फिर्ता हुने निर्णय लिएपछि, सोमवार बालुवाटार पुगेर एमालेका सबै ८ मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सहभागि, परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेतीले आज संयुक्त राजिनामा बुझाएका छन् ।
एमालेको सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।