अमेरिकाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पौंडेलपक्षको पल्लाभारी, आनन्द बिष्टद्वारा देउवामाथि ‘घात’को आरोप

Getting your Trinity Audio player ready...
|
अमेरिका । विगत सात बर्ष देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष रहदै आएका आनन्द बिष्ट नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि प्रतिनिधि छनौंटमा नराम्रो सँग चिप्लिएका छन् ।
पदको लोभिको आरोप लाग्दै आएका बिष्टले यस पटक पार्टी सभापति शेरबहादुर देउवालाई पनि ‘घात’ गरेको आरोप उनीपक्षका पदाधिकारीले नै लगाएका छन् । आइतवार सम्पन्न अधिवेशनबाट १४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्वत भएको घोषणा हुदाँ दुई जना मात्र देउवा पक्षको परेको भन्दै बिष्टकै सहयोगिले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।
घोषित १४ जना मध्ये बिष्ट र विद्यासागर योञ्जन मात्र देउवाको कट्टर समर्थक हुन् । पौडेल पक्षमा ६ जना खुलेरै लाग्ने छन् । बिष्णु सुवेदी, मुनेन्द्र नेम्वाङ, डाक्टर यादव पण्डित, धनन्जयनरसिंह केसी, कृष्ण लामिछाने र लक्ष्मी केसी पौडेल पक्षमा खुलेर लागेका व्यक्ति हुन् ।
गौतम दाहाल र सुभाष लामा अमेरिकी जनसम्पर्क राजनीतिमा आनन्द बिष्टका दाहिने हात हुन् तर नेपालको राजनितिमा यस अगाडि उनीहरुले देउवाको आलोचना गर्ने गरेका थिए । गौतम दाहाललाई दुबै पक्षले ढुक्क सँग विश्वासमा लिने गरेका छैन । तर गौतमले आफु शेरबहादुर देउवा पक्षमा भएको र आजको अवस्थामा देउवानै सभापति दोहोरिन पर्छ भन्नेमा रहेको बताए । सुभाष आनन्द बिष्ट निकट रहे पनि देउवा वा पौडेल पक्ष भनेर खुलेका व्यक्ति होइनन् । सुभाष प्रकासमान सिंह निकट मानिन्छन ।
अमृत भट्टराई र विश्व बास्तोला अमेरिकी राजनीतिमा वेद खरेल सँग निकट हुन् । यस पटक महाधिवेशनमा आफु जान नमिल्ने भए पछि वेद खरेलले अमृत र विश्वलाई १४ जनामा पार्न जोड्बल गरेका थिए । अहिले नेपालमा रहेका विश्व बास्तोला प्रदेश निर्वाचनमा पोखरामा पौडैल पक्षको उमेदवारको प्रचार प्रसारमा लागेका थिए । वेद खरेल रामचन्द्र पौडेल पक्षका हुन् ।
रामशरण हुमागाई यस अगाडि नविन्द्रराज जोशि सँग निकट मानिनन्थे । अहिले उनलाई प्रकासमान सिंह निकट मानिन्छन । भरत अर्याल कांग्रेस केन्द्रिय सदस्य एव जनसम्पर्क समिति विभागका संयोजक गोविन्द भट्टराईको विषेश जोडवलमा प्रतिनिधि छनौट भएका हुन् ।
सभापति बिष्टले प्रकाशशरण महतका कट्टर विरोधि धनन्जय नरसिह केसि देखि आरजु देउवाका प्रखर विरोधि यादव पण्डित समेतलाई प्रतिनिधि बनाएको भन्दै बिष्टकै समर्थकले महाधिवेशन प्रतिनिधि डलरमा बेचेको भनेर स्टाटस नै लेखेका छन् ।
क्रियाशिल सदस्यको शुल्क कसले तिर्यो ?
अमेरिकाबाट यस पटक २४ सय ६१ जना क्रियाशिल सदस्य स्वीकृत भएका छन् । जसमा तीन सय ९५ नविकरण र दुई हजार ६१ नयाँ छन् । कांग्रेसले अमेरिकामा नविकरणका लागि २५ र नयाँ लागि ३० डलर सदस्यता शुल्क तोकेको थियो । क्रियाशिल सदस्य मध्ये प्रायले आफ्नो शुल्क तिरेका छैनन । स्रोतका अनुसार महाधिवेशन प्रतिनिधि जाने मध्येले केही व्यापारी सँग चन्दा मागेर हुण्डी मार्फत काठमाडौं स्थित पार्टी अफिसमा बुझाएका हुन् ।
केन्द्रीय समितिको बैठकमा बिष्टले नामै लिएर गौतम दाहालले १५ लाख, भरत अर्यालले १० लाख,क्यालिफोर्नियाबाट १३ लाख, बिष्णु सुवेदीबाट आठ लाख, मुनिन्द्र नेम्वाङ्गबाट १५ लाख गरि पार्टीलाई बुझाएको ब्रिफिङ्ग गरेका थिए । अमेरिकामा यी व्यक्तिलाई निकटबाट चिन्नेहरु उनीहरुले त्यति मात्राको रकम आफै दिन सक्ने हैसियतमा नरहेको बताउछन् ।