बिना गाइड पदयात्रामा निस्केका कोरियाली पर्यटकको मृत्यु
|
Getting your Trinity Audio player ready...
|
लुक्ला । गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ ।
पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युटका कारण बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको बुधवार मृत्यु भएको हो ।
बिरामी भएपछि लुक्लामा उपचारका लागि ल्याइए पनि उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साम्रे गाउँस्थित फ्रेन्डसिप लजमा बास बसेका क्रममा बिरामी परेका थिए । ४६ वर्षीय ली गाइड विना नै पदयात्रामा गएका थिए ।
सरकारले प्रत्येक पर्यटक गाइड विना पदयात्रामा जान नपाउने र टिम्सको अनुमती समेत नपाउने कानुनी व्यवस्था छ ।
तर यसको कार्यान्वयन नहुँदा पर्यटकहरूको मृत्यु हुने गरेकाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश पुग्ने गरेको नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताए ।








