बोत्सवानाका पूर्वराष्ट्रपति विरुद्द पक्राउ पुर्जी जारी
ग्याबोरोन । बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले उनलाई अरेष्ट अन साइट, अर्थात देख्ने बित्तिकै गिरफ्तार गर्नको लागि आदेश समेत दिएको छ ।
६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन् । अदालतको आदेश पछि उनको उनको सुपुर्दगीको लागि समेत बोत्सवानाले दक्षिण अफ्रिकालाई आग्रह गर्न सक्छ ।
तर उनले आरोप अस्वीकार गरेका छन्। आफूमाथि राजनीतिक षडयन्त्र भएको उनले बताएका छन् । आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।
उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो ।
उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।














