एनडव्लुजीएन सम्मेलन : ‘आफ्नो करिअरमा सफल ६ नेपाली अमेरिकामा सम्मानित’
फिलाडेल्फिया, अमेरिका / अमेरिकामा आएर आ-आफ्नो क्षेत्रमा सफलताको सिडि उक्लदै गरेका ६ जना नेपाली सम्मानित भएका छन्।
नेपाली महिला ग्लोबल नेटवर्क (एनडव्लुजीएन)ले पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा सोमवार सम्पन्न आफ्नो पाँचौ सम्मेलनको अवसर पारेर ६ व्यक्तिलाई सम्मान गरेको हो।
नेपालीमुलकी अमेरिकी सांसद सराहना श्रेष्ठ, अमेरिकी मुलधारको मिडियामा क्रियाशिल पत्रकार अनुज थापा, डा. रश्मी खनाल, डा. प्रेरणा श्रेष्ठ, व्यवसायी निश्चल बास्कोटा र अमृता देवलाई प्रसंशापत्र सहित सम्मान गरिएको हो।
क्याग्रेसम्यान ब्रायन फिट्जपैट्रिकले सम्मानित व्यक्तित्वलाई प्रसंसा पत्र प्रदान गरेका थिए।
‘नेपाली महिलाले केही फरक गर्न सक्छन’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा सम्मानित व्यक्तिको सफलताका कथाहरु पनि प्रस्तुत गरिएको थियो। सम्मानित व्यक्तिले आफ्नो जीवनकथा सचित्र प्रस्तुत गरेका थिए।
सम्मेलनमा आर्थिक, युवा तथा महिला सशक्तिकरण, अध्यागमन कानुन सम्वन्धमा प्यानल छलफल गराइएको थियो ।
जर्ज वाशिंगटन बिश्वबिद्यालयकी सह प्राध्यापक डा इच्छा बस्न्यात सम्मेलनको विषेश वक्ता थिइन।
आर्थिक स्वतन्त्रा ,युवा तथा महिला सशक्तिकरणका विषयमा सिपीए जेसिका गिरि, प्रसंसा अमात्य, भेनिसा बान्तवा राई , इशारी पिया श्रेष्ठले छलफल गरेका थिए। सो छलफलको सहजीकरण अनुपमा सापकोटाले गरेकी थिइन् ।
यस्तै एनआरएनए अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडे,एनडव्लुजीएनका सल्लाहकार डा बिद्या रंजित, सम्मेलन संयोजक डा वर्षा मोक्तान रायमाझि ,सामाजिक भियन्ता अमित प्रताप शाहले विविधता, समानता र समावेसीका बारेमा छलफल गरेका थिए। सो छलफलको सहजीकरण प्रजोलिता लामिछानेले गरेकी थिइन् ।
अमेरिकी अध्यागमनका बारेमा अधिवक्ता निरन्जन अधिकारी तथा अंशु कार्कीलेले आफ्नो प्रस्तुति दिदै सहभागिको प्रश्नको जवाफ दिएका थिए।
सम्मेलनमा जर्ज वाशिंगटन बिश्वबिद्यालयकी सह प्राध्यापक डा इच्छा बस्न्यात विशेष वक्ता रहेकी थिइन।
एनडव्लुजीएनकी अध्यक्ष अधिवक्ता अभिमा उप्रेतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमामा सोसलिष्ट इन्टरनेश्नलका नवनिर्वाचित उपाध्यक्ष अधिवक्ता खगेन्द्र जिसी लगायतले शुभकामना मन्तब्य दिएका थिए।
दुई दशक अगाडि स्थापना भएको एनडव्लुजीएनले पाँचौ सम्मेलन फिलाडेल्फियाको ड्रेक्सेल विश्वविद्यालय नेपाली बिद्यार्थी संघको सहकार्यमा आयोजना गरेको हो।
यसै गरि पेन्सिलभेनिया नेपाली गुठी एशोसिएशनले विषेश सहयोग गरेको थियो।
सम्मेलन संयोजक डा वर्षा मोक्तान रायमाझिले कार्यक्रम सफलपार्न सहयोग गर्ने सबैलाई धन्याद दिएकी थिइन्।
कार्यक्रमको अन्तमा एनडब्ल्यूजीएनकी उपाध्यक्ष डा.सोनी थापाले सम्मेलनको हाइलाइट गरेकी थिइन्। कार्यक्रममा एनडब्ल्यूजीएन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष विष्णु सुवेदी, लसएञ्जलसकी च्याप्टरकी अध्यक्ष सपना सेडाइ थपलियाको पनि उपस्थिति थियो।