भेडासिंहका तीन कपडा गोदाममा सिल
काठमाडौं । काठमाडौंको भेडासिंह क्षेत्रका ३ वटा कपडा गोदाममा प्रहरी र राजस्व अनुसन्धान विभागले छापा मारेको छ । भेडासिंह र क्षेत्रपाटीमा रहेका ३ वटा थान कपडाको गोदाममा छापा मारिएको उपत्यका अपराध
अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।
गोदाममा ठूलो परिमाणमा सुट, सर्ट र पाइन्ट सिलाउन प्रयोग गरिने भन्सार छलीको थान कपडा फेला परेको छ । राजस्व अनुसन्धान विभागले कपडा गोदाम सिल गरेको छ । कपडाको बिज, बिजक फेला नपरेको हुनाले राजस्वले त्यसबारे अनुसन्धान गरिरहेको छ । गोदाम संचालक फरार भएका छन् ।










