एनआरएनए अमेरिका साधरण सभा : कुल आचार्य र रविना थापा नर्थ क्यारोलिना आए, गौरी जोशीको खोजी
|
Getting your Trinity Audio player ready...
|
नर्थ क्यारोलिना । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलनका लागि अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा नर्थ क्यारोलिना आइपुगेका छन्।
आचार्य लण्डनमा बस्छन्। उनी शनिवार राति नर्थ क्यारोलिना आइपुगेका हुन्। यस्तै अमेरिकाको मेरिल्याण्ड निवासी रविना पनि शनिवार साँझ नै साधरसभा स्थल आइपुगेकी हुन्।

आइसीसीका महाचसिव डाक्टर केशव पौडेल पनि शनिवार नै साधरण सभा स्थल आइपुगेका छन् ।
आइसीसीका अर्का महासचिव गौरी जोशी भने साधरण सभामा उपस्थित नहुने भएका छन् । एनआरएनए अमेरिकाको असन्तुष्ट एक समुहले आज नै टेक्सासमा छुट्टै भेला बोलाएको अवस्थामा गौरीको उनुपस्थितिलाई विषेश अर्थमा हेरिएको छ।

एनआरएनए अमेरिकाको संस्थापन पक्ष सँग असन्तुष्ट समुहले टेक्सासमा भेला बोलाएको हो। गौरी जोशी टेक्सासमा बस्छन्।

हिजो “टाडाबाट हेर्दै” भनेर नयाँ फोटो सहित स्टाटस अपडेट गरेका जोशीले आफु दुबै कार्यक्रममा नजाने बताए। “समयमा नै ६ बुँदे सम्झौता कार्यन्वयन गराएको भए सबै साथी उत्साहजक रुपमा एक ठाँउमा भेला हुने अवस्था हुन्थो तर अब धेरै ढिलो भयो त्यस कारणमा म कुनै पनि कार्यक्रममा नजाले निर्णयमा पुगे।” समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा जोशीले भने ।

यद्पी एनआरएनए अमेरिको गतमध्य रातमा बसेको बोर्ड बैठकले आइसीसी सँग सम्वन्धन सम्वन्धि सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ।














