एनआरएनए अमेरिका र आइसीसी बीच ब्रेकथ्रु, सम्बन्धन सम्बन्धी २४ बुँदे सम्झौतापत्रमा हस्ताक्ष हुने, (सम्झौताको पूर्ण विवरण सहित)
नर्थक्यारोलिना । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) सँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएको छ।
नर्थ क्यारोलिनामा आइतवार विहान साधरण सभा शुरु हुनु अगाडि मध्यरातमा सम्पन्न एनसीसी अमेरिकाको फिजिकल बैठकले आइसीसी सँग २४ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको हो।
बैठकले सम्झौता पत्रमा हस्ताक्षर गर्ने सबै जिम्मा आफुलाई दिएको अध्यक्ष बुद्दिसागर सुवेदीले समाज टाइम्सलाई बताए। “बैठकले आइसीसी सँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ, त्यसको अख्तियारी कार्यसमितिले मलाई दिएको छ।” साधरण सभा स्थलमा रहेका सुवेदीले भने “केही बुँदामा थप प्रष्ट पार्नु पर्ने भएकाले हामीले राति नै आइसीसी अध्यक्ष कुल आचार्य सँग भेटेर कुरा गरेका छौं उहाँले सचिवालयलाई निर्देशन दिनु भएको छ अब केही क्षणमा पत्रमा हस्ताक्षर हुन्छ।”
मुख्यतय सदस्याताको विवरण प्रणालिको नियन्त्रणको विषयमा लामो समय देखि एनसीसी र आइसीसी बीच असमजदारी रहदै आएको थियो।
सुवेदीका अनुसार सम्झौताको ६ र १३ नम्वर बुँदामा थप प्रष्ट हुन खोजिएको छ। ६ नम्वरमा सदस्यताबारे र १३ नम्वरमा सम्झौता रद्द भएको अवस्थामा एनसीसीको सम्पति के गर्ने भन्ने उल्लेख छ।
“आइसीसीको प्रणालीमा जाँदा सदस्यहरुको व्यक्तिगत विवरणको सुरक्षाका केही प्रश्न छन् त्यसमा जिम्मेवारीका पनि कुरा छन् त्यो कुरामा प्रष्ट पार्न भनिएको छ।” सुवेदीले भने ।
यस्तो छ एनसीसी र आइसीसी बीचको सम्बन्धन सम्बन्धी सम्झौतापत्रको पूर्ण विवरण
यस्तै बैठकले संस्थाको विधानको संसोधित मस्यौदा पनि पारित गरेको छ। यस पटक विधानको सबै भन्दा ठूलो परिवर्तन सदस्यता वितरण र संस्थाको संरक्षकको व्यवस्था रहेका छन् ।
संस्थाको प्रमुख संरक्षक निवर्तमान अध्यक्ष हुने प्रावधान हटाएर पूर्व अध्यक्ष मध्येबाट एक राख्ने गरि प्रस्ताव गरिएको छ। यस्तै सदस्यता वितरणमा पनि कडाइ गरिएको छ।
मुख्य रुपमा अबदेखि गिफ्टकार्डबाट सदस्यता बनाउन पाइने छैन्।
संसोधित विधानको मस्यौदा, यो मस्यौदालाई साधरण सभाले पारित गरे पछि कार्यन्वयनमा जाने छ।