भरतपुर महानगर : मेयर पदमा गठबन्धनबाट रेणु दाहाल र कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलकाे उम्मेदवारी दर्ता
चितवन । चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् ।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।
कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता
कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।
एमालेका सुवेदीले गराए मनोनयन दर्ता
चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराए । उनको प्रस्तवकमादेवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् ।
नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।